सडकमा धान रोप्दै युवाहरु

  • असार ९, २०७८
  • ११०६ पटक पढिएको
  • रामएकवाल राम
alt

लहान - असार ९ बुधबार - सिराहा जिल्लाको उत्तरी भेगमा पर्ने साविक गाउँविकास समिति। विष्णुपुरकटी ६ हाल धनगढिमाई १२ मा पर्ने नईनपुर ठटीया सडकको स्तर उन्नती गर्नेक्रममा अजकल्टु सडकमा कालोपत्रे भएपछि युवहरू तातिएका हुन् ।

ठटीयातीर जाने सडकको कालोपत्रे गर्ने क्रममा डोजरले स्थानिय गंगाई महतो र निर्मल यादबको घर अगाडि खनेको बाटो नपुरेपछि करिब ५ फिट गहिरो खाल्डोको कारण आवत जावतमा उत्पन्न कठिनाई र सहजताको बारेमा स्थानिय वडा अध्यक्ष राजु श्रेष्ठलाई पटक पटक बाटोको अवस्थाका बारेमा जानकारी गराउँदा आलटाल गरेको र मेयर हरिनारायण चौधरीलाई भेट्न जाँदा कार्यालयमा नभेटेको युवा रमेश यादबको आरोप छ ।

जनप्रतिनिधिलाई बजेटले पुगेन धान फलाएर बाटो बनाउँछौं त्यसैले बाटोमा धान रोपेको स्थानिय विरेन्द्र महतोले बताए । बिहान ७ बजेदेखि सडकमा धान रोपेपछि यतिबेला बाटोमा ढुंगा मुढा तेर्साएर बाटो अवरुद्ध गरिएको छ । बाटोको बारेमा ध्यान नदिए वडा कार्यालय घेराऊ गर्ने स्थानियको भनाई रहेको छ । बाटोमा स्थानिय सरे खोलाको बालुवा राखे तत्काल समस्याको समाधान हुने पक्का रहेकाे छ भने उक्त खोला बाटोबाट १ किलोमीटरको दूरीमा रहेको छ । सम्बन्धित निकायले तत्काल ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सुशीला कार्कीलाई प्र ...

काठमाडौँ । अन्तरिम सरकार गठनको तयारीलाई लिएर प्रमुख दलबीच प्रारम्भिक सहमति बने पनि संसद् विघटनको विष ...

सामाजिक सञ्जाल बन्दक ...

ओम प्रकाश यादव लहान भदौ २२ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको चर्चा बीच यसको सम्भावि ...

वैश्य समाजको लागि सच ...

बिरेन्द्र प्रसाद नेपाल लहान, भदौ १८ । कमलापुरी वैश्य (बनिया) समाज नगर कार्यसमिति, लहानले हिन्दू धर्म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१