Siraha Times
ताजा समाचार

स्व.कृष्ण बहादुर यादव को परिवारलाई प्रदेश -२ सरकार द्वारा पाच लाख रुपैयाँ सहयोग

  • असार ९, २०७८
  • १०३९ पटक पढिएको
  • रामएकवाल राम
alt

राजेन्द्र महतो सिरहा,असार ९ गते। मधेश प्रथम जनबिद्रोहको उदगम भुमि लहानको आन्दोलनमा नेतृत्व गर्ने स्वक्ष तथा इमानदार हरपल मधेशको अधिकार प्राप्तिको लागी अमुल्य योगदान दिनुभएको स्व. कृष्ण बहादुर यादव को परिवारलाई प्रदेश -२ सरकार ले पाच लाख रुपैयाँ सहयोग गरेका छ्न।

ज.स.पा. मधेस प्रदेश अध्यक्ष तथा अर्थिक मामिला तथा योजना मन्त्री . विजय कुमार यादव को पहलमा प्रदेश न.२ को मन्त्री परिषदको निर्णय बाट रु. पाच लाख को राशी उपलब्ध गराएका हुन। मंगलवार मन्त्री यादव ले उहाँको छोरा लोक चन्द्र यादव (निक्की) लाई पाच लाख राशीको चेक हस्तान्तरण गरेका छ्न। केहिदिन अगाडी मात्रै यादवको निधन भएको थियो ।

उनको निधनपछि मन्त्री यादवले आर्थिक सहयोगको आश्वासन दिएका थिए। स्वर्गिय यादवकै नेतृत्वमा २०६२/०६३ को पहिलो मधेस आन्दोलनका क्रममा लहानमा आन्दोलन भएको थियो । आन्दोलनका क्रममा रमेश महतो प्रथम सहिद भएका थिए । उहाको छोरा निक्कीले प्रदेश सरकार तथा जसपा पार्टी प्रति अभार प्रगट गर्नु भएको छ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१