मधेशमा इनारको अवस्था जीर्ण बन्दै

  • असार १, २०७८
  • १०१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बबिता मण्डल सिराहा धनगडीमाई , असार १ मंगलबार । तत्कालीन गाउँविकास समिति मार्फत खानेपानी समस्या समाधानको लागि बनाइएको इनारहरु स्थानिय सरकार आएपछि जीर्ण बन्दै गएको अवस्था छ । सिरहाको उत्तरी भेगमा पर्ने साविक गाउँविकास समिति हरुमा बनाइएको इनारमा झारपात पलाउन थालेपछि र पानी खाने योग्य नभएपछि इनार जीर्ण बन्न थालेको देखिन्छ । साविक गाउँविकास समिति विष्णुपुरक टी तथा धनगढी माई वडा नं १२ मा रहेका इनारहरु यतिबेला संकटमा परेका छन् ।स्थानिय सरकारको पहलमा डिप ट्वेल खानेपानीको व्यवस्थापन भएपछि इनारमा मानिसहरू पानी भर्न छोडेको हो । इनारबाट पानी तान्न ६०देखि ७० हात तलबाट बाल्टीनको मदतले पानी तान्नुपर्ने वाध्यता बिजुली आएपछि सहजतामा परिणत भएको थियो ।यसपछि स्थानिय सरकारको पहलमा ठाउँ ठाउँमा खानेपानीको लागि वडा अध्यक्ष राजु श्रेष्ठले बन्दोबस्त गरिदिएपछि स्थानिय खुशी भई इनार छोडेका हुन् । छोडिएका इनारमा खतरा बढेपछि छोपेर राखिएको अबस्था छ ।हुनत इनारमा डुबेर गत शाल एक युवकको मृत्यु भएको थियो ।संभावित घटनालाई विचार गर्दै इनारहरू छोपिए पनि सम्बन्धित निकायले इनार स्थायी रूपमा पूर्नु आजको आवश्यकता हो ।

Open Photo

Open Photo

प्रतिक्रिया दिनुहोस

सुशीला कार्कीलाई प्र ...

काठमाडौँ । अन्तरिम सरकार गठनको तयारीलाई लिएर प्रमुख दलबीच प्रारम्भिक सहमति बने पनि संसद् विघटनको विष ...

सामाजिक सञ्जाल बन्दक ...

ओम प्रकाश यादव लहान भदौ २२ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको चर्चा बीच यसको सम्भावि ...

वैश्य समाजको लागि सच ...

बिरेन्द्र प्रसाद नेपाल लहान, भदौ १८ । कमलापुरी वैश्य (बनिया) समाज नगर कार्यसमिति, लहानले हिन्दू धर्म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१