गायक सन्नु कुमारको अश्लिल गीतबारे समाचार लेखेको सप्तरीका पत्रकार नविन यादवलाई गाली गलौज सहित धम्की

  • जेठ ३०, २०७८
  • ८९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान जेठ ३० गते।अश्लिल र दोहोरो अर्थको गीत बजारमा ल्याएर चर्चामा आएका सप्तरीका गायक सन्नु कुमारको बारेमा समाचार लेखेको भन्दै गाली गलौज सहित पत्रकारलाई धम्की पनि दिइएको छ । सप्तरीका पत्रकार नविन यादवलाई सन्नु कुमारको बारेमा समाचार लेखेको भन्दै गाली गलौज सहित धाकधम्की समेत दिएको हो । सन्नु कुमारले अश्लिल गीत, दोहोरो अर्थ लाग्ने शब्द सहित गीत सहित भिडियोमा समेत अश्लिलता प्रदर्शन गरेको भन्दै पत्रकार यादवले समाचार लेखेका थिए । उनलाई समाजिक सँजाल सहित फोन, व्हटसएप मार्फत गाली गलौज र धम्की दिएको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा निवेदन दर्ता गराएको छ । पत्रकार यादवले आईतबार साईबर क्राईम अन्तर्गत गालीगलौज र धम्की दिने तथा फेसबुक ह्याक गरी अन्य व्यक्तिहरुलाई मेसेज गरेको आरोप सहित निवेदन दर्ता गराएका हुन् ।

पत्रकार यादवलाई आफू सन्नु कुमारको समर्थक भन्दै मोबाईल नम्बर ९८१८८४७७७३ र ९८११७०५१११ बाट निरन्तर गाली गलौज सहित धाक धम्की दिएको आरोप छ । जानकारी अनुसार, पहिलो नम्बर धमेन्द्र कुरवा नामक व्यक्तिको नाममा रहेको छ भने अर्का घनश्याम यादव नामक व्यक्तिको नाममा रहेको छ । निवेदन मार्फत पत्रकार यादवले गायक सन्नु कुमार खँग र धाकधम्की दिने व्यक्तिहरुलाई पक्राउ गरी कारवाही गर्न माग गरेका हुन् । पत्रकार यादवका अनुसार, उनलाई सन्नु कुमारले नै धम्की दिन लगाएको हो । गायक सन्नु कुमार सुरुमा सान्दर्भिक गीत गाएपनि पछि भोजपुरी भाषाकै गीतहरु जस्तै अश्लिल र दोहोरो अर्थको गीतहरु गाउन थालेपछि आलोचना भएको हो ।

मधेशी समुदायमा नाकारात्मक प्रभाव पार्ने खालका गीतहरु गाउन थालेपछि यसले पार्ने असरको बारेमा समाचार आएको थियो । छिमेकी मुलुक भारतको विहार राज्यस्थित चर्चित गायक खेसारीलाल यादवले सधैं अश्लिल गीत गाउँदा उनको छोरी र बहिनीलाई लगाएर पनि केही गायकहरु गीत गाएपछि आफूले गलती गरेको महसुस गरेका छन् । सन्नु कुमारको गीत सुन्ने श्रोता अधिक भएपनि उनको गीतलाई भने नाकारात्मक रुपमै लिन गरेका छन् । विगत केही महिनादेखि घमण्डले चुर भएका सन्नु कुमार हिन्दी भाषाको गीतहरुबाट म्यूजिक चोरी गरी मात्र गीत बनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाद्वारा ...

ओम प्रकाश यादव लहान, पुष १३ । मधेश प्रदेशमा चिसो बढ्दै गएपछि लहान नगरपालिकाले दलित तथा विपन्न समुदाय ...

नेपाल रेडक्रस सोसाइट ...

लहान, पुष १३ । “सेवा नै धर्म हो” भन्ने मूल नारासहित नेपाल रेडक्रस सोसाइटी लहान उपशाखाको ...

नेशनल मेडिकल कलेज र ...

रंजित चौरसिया वीरगंज १३ पौष। नेशनल मेडिकल कलेज वीरगंज तथा प्रिस्टिन भ्याली ड्राइपोर्ट वीरगंजको संयुक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१