ताजा समाचार

अभिनेत्री निशा घिमिरेको परिवारलाई अभिनेत्री करिष्मा मानन्धरले गरे २५ हजार नगद सहयोग

  • जेठ ३०, २०७८
  • १३४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जेष्ठ ३०। हाल नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री मोडल निशा घिमिरेको परिवारलाई अभिनेत्री करिष्मा मानन्धरले “कलाकारलाई कलाकारको साथ” भन्ने आव्हानका साथ उनकाे बुबा प्रेमप्रसाद घिमिरेलाई २५ हजार नगद सहयोग प्रदान गरेकी छन्st। नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष तथा प्रबक्ता मोहन निरौलाद्वारा जारी प्रेस नोटमा अभिनेत्री निशाका बुबालाई २५ हजार नगद सहयोग प्रदान गरेको उल्लेख गरिएको छ।

नेपाल चलचित्र कलाकार संघको समन्वयमा जेष्ठ २९ गते संघका बरिष्ठ उपाध्यक्ष रेजिना उप्रेती, संघका प्रबक्ता तथा उपाध्यक्ष मोहन निरौला, निर्देशक तथा संचारकर्मी संझना उप्रेती रौनियार, stबरिष्ठ फोटोग्राफर विकाश रौनियार र स्थानीय बासिन्दा रत्न तामांगको उपस्थितिमा अभिनेत्री मानन्धरले उक्त सहयोग रकम प्रदान गरेकी थिइन। 

यसैगरी बरिष्ठ उपाध्यक्ष उप्रेतीले आफ्नो तर्फबाट दश हजार रुपैयाँ, हाल अमेरिकामा रहेकी अभिनेत्री उषा पौडेलले पठाएको २२ हजार रुपैयाँ र अमेरिकामा रहेका प्रकाश थापाले पठाएको दश हजार रुपैयाँ अभिनेत्री उप्रेतीले अभिनेत्री निशाका पिता घिमिरेलाई प्रदान गरिन्st। कलाकारको अवस्थालाई मनन गरेर निःशुल्क उपचारको व्यवस्था गरिदिएकोमा नर्भिक अस्पताल बिशेष गरी साहित्यकार, समाजसेवी तथा नर्भिक अस्पतालका संस्थापक बशन्त चौधरी र निर्देशक मेघा चौधरीप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका छन।

‘संघ सदैव कलाकारको साथमा छ र हुन्छ पनि st। संघका अध्यक्ष रवीन्द्र खडकाको नेतृत्वमा सहयोग अभियान संचालन गरिएको पनि हामी जानकारी गराउँदछौं,’ संघद्वारा जारी प्रेसनोटमा भनिएको छ, ‘सबैको साथ सहयोग र शुभेच्छाले अभिनेत्री निशा घिमिरेको स्वास्थ्यमा सुधार आउने छ भन्ने हामीले विश्वास लिएका छौं।

नेपाली नायिकाको अहिलेको यो हाल;पहिले कस्तो थिइन् ,अहिले यस्ति भइन् ...

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤