नेपाली नायिकाको अहिलेको यो हाल;पहिले कस्तो थिइन् ,अहिले यस्ति भइन्

अभिनेत्री निशाको उपचार नर्भिकले निःशुल्क गर्ने

  • जेठ २७, २०७८
  • १०९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिराहालहान , जेठ २७ बिहीबार। नेपाली कला क्षेत्रमा जम्दै गरेको एउटा नाम हो निशा घिमिरे । कुनै बेला कलाकारितामा उच्च शिक्षाको क्रममा भारतमा सवारी दुर्घटनामा परेकी उनको उपचार राम्रोसँग भइरहेको छैन , उपचारको अभावले उनका यो अवस्थामा पुगेको चलचित्रकर्मी दिपक राज पाठकले सामाजिक सञ्जाल मार्फत गराएका छन् । उनी लेख्छन , कही दिन पहिले पहिलो पटक टिकट " कमा उहाँको यस्तो ना " जुक अवस्थामा देख्दा आँसु रोकिएन्न मेरो ! निशाको परिवारको आर्थिक अवस्था नाजुक भएका कारण सक्ने सवैमा सहयोगको लागि हार्दिक अपिल गरिएको छ। सहयोगका लागि मोडल निशाका बुवालाई सिधा सम्पर्क प्रेम प्रसाद घिमिरे ९८५१२३८९५२ मा गर्न सकिन्छ ।

उनको शिघ्र स्वास्थ्य लाभको लागि भगवान् पशुपतिनाथसँग यही प्रार्थना गर्दछु ।

निशा परिवारको सम्पर्क मो. न. (९८५१२३८९५२) , (९८६६३३७५५४) , 9851238952 / 9866337554 मा सम्पर्क गरेर सहयोग गर्न सक्नु हुन्छ।

सनराईज बैंक खाता न. ०८४०६१३६१३२०५००१ प्रेम प्रसाद घिमिरे ।

Sunrise Bank Acc. No. 0840613613205001 Prem Prasad Ghimire

No description available.

No description available.

No description available.

अभिनेत्री निशा घिमिरेको उपचार नर्भिक अस्पतालले निशुल्क गर्ने भएको छ । दुर्घटनामा परेर विगत तीन वर्षदेखि ओछ्यान परेकी घिमिरेको अस्पतालले बिहीबार उपचार समेत थालेको छसमाचार माध्यमबाट निशाको अवस्था जानकारी पाएपछि नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले घिमिरेको उद्धार गरेकी हुन् । नवजीवन परोपकार समाजका सञ्चालक दुर्गानाथ दाहालले घिमिरेको दर्दनाक अवस्थाको विषयमा फेसबुकमा समेत पोष्ट गरेका थिए ।

प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको नर्भिक अस्पतालले जनाएको छ । चिकित्सकले उनको अवस्था सुधार हुने अपेक्षा गरेका छन् ।

भोजपुरी फिल्म ‘मधेसी पुत्र २’, टेलिश्रृखला ‘डियर जिन्दगी’ लगायतका केही टेलिसिरियलमा अभिनय गरेकी निशाले लोक दोहोरी गीत सानु माया हाँसेर बोल, ट्याक्सी मोटर कार, आज निष्ठुरीको फोटोजस्ता करिब दुई दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् ।

नेपाली कलाकारितामा सफलता प्राप्त भइरहेको बेला  अझै राम्रो गर्ने सोचले अभिनयमा डिप्लोमा कोर्स गर्नका लागि साढे दुई वर्षअघि भारतको देहरादुन पुगेकी निशा त्यहाँ पुगेको करिब डेढ महिनापछि नै कार दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । दुर्घटनापछि बोल्न र हिँड्न छाडेकी उनको उपचारको अभावका कारण दिन प्रति दिन बिग्रँदै गएको थियो । अहिले उनी शारीरिक अशक्तताका कारण उनको शरीरमा हाड र छालाबाहेक केही देखिँदैन ।

ललितपुरको मध्यमवर्गीय परिवारकी निशाको परिवारको आर्थिक स्थिति कमजोर भएका कारण उनको उपचारमा ढिलाइ हुन पुगेको हो ।

प्रतिक्रिया दिनुहोस

श्री ज. न. प्राविधिक ...

लहान, भदौ ६। सिरहा जिल्लाको नवराजपुर ४ गाउँपालिका सोनवर्षामा अवस्थित श्री जनता नमुना प्राविधिक ...

नाई–ठाकुर समुदायका ल ...

बिसुनदेव सरदार सिराहा/ ३ भदौ ।  मधेस समाजका विभिन्न वर्ग र समुदायबीच आफ्नो पहिचान, अधिकार र सम् ...

वीरगंजको इनर्वागाउँ ...

रंजित चौरसिया / वीरगंज ३ भदौ । मुलूककै आर्थिक नगरीको रुपमा परिचित वीरगंजको इनर्वागाउँ तस्करीको हब बन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१