ह्वेलले निलेर फेरि ओकलिदिएका एक अमेरिकीको अद्भुत कथा

  • जेठ २९, २०७८
  • ५२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

समुन्द्रमा झिँगे माछा सङ्कलन गर्ने काम गर्दै आएका माइकल प्याकर्डले आफूलाई कसरी ह्वेलले निलेपछि फेरि बच्न सफल भए भन्ने पत्रकारहरूलाई बताएका छन्। संयुक्त राज्य अमेरिकाको म्यासाचुसेट्सको प्रोभिन्सटाउन शहर नजिकै समुन्द्रमा गोता लगाइरहेका बेला विशाल जीव ह्वेलको मुखभित्र करिब ३०- ४० सेकेन्ड परेको प्याकर्डले बताए। त्यसपछि ह्वेलले उनलाई थुकिदिएको बताइएको छ। प्याकर्डको घुँडामा केही चोट लागेको हुनसक्ने बाहेक अरू केही नभएको बताइएको छ।

उनकी श्रीमतीले उनलाई अर्को जागिर खोज्न आग्रह गरिरहेकी छन् तर उनी ४० वर्षदेखिको आफ्नो करिअर छोड्ने सोचमा छैनन्।  हम्पब्याक ह्वेल ५० फिटसम्म लामो हुन सक्ने र त्यसको तौल ३६ टनसम्म हुन सक्छ।

न्यूजिल्यान्डको टापुमा १४५ ह्वेल मरेविशाल ह्वेल समुद्रबाट बाटो बिराएर नदीमा छिरेपछि>विश्व वन्यजन्तु कोष डब्ल्यूडब्ल्यूएफका अनुसार संसारभर उक्त ह्वेलको सङ्ख्या ६० हजार रहेको छ। प्याकर्डले स्थानीय अखबार केप कड टाइम्सलाई भने अनुसार उनी र उनका सहकर्मीहरू डुङ्गामा शुक्रवार बिहान समुन्द्रतिर गएका थिए। उनका अनुसार मौसम सफा थियो र २० फिट परसम्मका दृश्य सजिलै देखिन्थो। समुन्द्रको पानीमुनि जान लगाइने स्कूबा लुगा लगाएर पानीमा हाम फाल्दा उनले ठूलो बस्तु आफ्ना अगाडि देखे त्यसपछि सबैकुरा कालो भयो। आफूलाई त्यो क्षेत्रमा पाइने ठूलो सेता शार्कले आक्रमण गरेको अनुमान गरे, "त्यसपछि मैले वरिपरि शार्कको जस्तो दाँत नभएको महसुस गरेँ।"

 

कसरी बाहिर निस्के?

"हे भगवान् म त ह्वेलको मुखभित्र छु र उसले मलाई निल्ने कोसिस गरिरहेको छ भन्ने थाहा पाएँ। यत्ति नै भयो, म मर्ने भएँ।" त्यसपछि आफूले आफ्नी श्रीमती र १२ र १५ वर्षका आफ्ना छोरा सम्झेको बताए। त्यसपछि अचानक उनी पानीमाथि पुगे र टाउको हल्लाउन थाले।

माउ ह्वेलको १७ दिने शोकयात्रा>"मलाई हावामा फालियो, त्यसपछि पानीमा खसेँ। म मुक्त भएको थिएँ र पानीमा तैरिरहेको थिएँ। मैले विश्वास नै गर्न सकिन… सब कथा सुनाउन म यहाँ छु।" उनका सहकर्मीहरू उनलाई अधैर्य भएर खोजिरहेका थिए। उनीहरूले प्याकर्डलाई देखे र डुङ्गामा ल्याए।

प्रोभिन्सटाउन फायर डिपार्टमेन्टले सीबीएस न्यूज एजेन्सीलाई स्थानीय समय बिहान सवा आठ बजे झिँगे माछा समात्ने मानिसलाई सहयोग आवश्यक परेको खबर पाएको पुष्टि गरेको छ। उनी अस्पतालबाट डिस्चार्ज भएपछि पत्रकारहरूले उनको अन्तर्वार्ता लिएका थिए। हम्पब्याक ह्वेलले मुख बाएर जति सक्छ उति धेरै खानेकुराहरू निल्छ। वैज्ञानिकहरूले प्याकर्डलाई जे भयो त्यो एक प्रकारको दुर्घटना भएको ठान्छन्।

 
 

प्रतिक्रिया दिनुहोस

उपेन्द्र यादवद्वारा ...

जनकपुरधाम, जेठ/२३ । जनता समाजवादी पार्टी, नेपाल कपिलबस्तु कार्यसमितिको एकताको प्रथम जिल्ला अधिव ...

जनकपुरधाममा लोकतान्त ...

जनकपुरधाम, जेठ/२३ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको मधेस प्रदेश कार्यालय जनकपुरधाममा आज पार्टी ...

चेतनामूलक कार्यक्रमक ...

शिव दयाल यादव सिरहा जेठ २३ । कल्याणपुर नगरपालिकामा चेतनामूलक कार्यक्रम, नाटक तथा तालिम जस्ता शीर्षकम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१