Siraha Times
ताजा समाचार

कतारमा एक नेपालीले पाए कतारी रियाल १५८३८ को अदालत मार्फ़त पुरुस्कार

  • जेठ २७, २०७८
  • १११३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कतार १०-जून २०२१  कपिलवस्तुका एकजना भाइले आफुले काम गर्दै गरेको कम्पनीमा ७ बर्ष सेवा गरी सके पश्चात गत बर्ष अगस्त महिनामा अर्को कम्पनी बाट आफुले राम्रो अफर पाएको र सम्भव हुन्छ भने मलाई चेन्ज दिनुपर्यो भनेर कम्पनीको व्यवस्थापन पक्षसंग कुरा राख्दा उनको कतार आईडीनै क्यान्सिल गरियो र उनलाई नेपाल फर्काउन खोजियो। तर भाइले हिम्मत हारेनन् र आफु माथि भएको अन्यायका लागि कानुनुनी उपचार खोज्ने निधो गरेर लेबर अफिस गए।

यहाँको लेबर अफिसले केसलाई सुप्रिम जुडिशरि काउन्सिलमा रेफर गर्यो र फेब्रुअरी-३ मा अदालतले पीडित भाइकै पक्षमा फैसला सुनायो। उक्त फैसला अनुसार कम्पनीले पीडित भाइलाई उनले पाउनु पर्ने सेलरी र सर्भिस् बेनिफिट् अनुरुपको कुल रकम १५,८३८ कतारी रियाल दिनु पर्ने भयो। तर अदालतले फैसला गरे अनुसार सजिलै गरेर कम्पनीले त्यो रकम दिन मानेन। जसले गर्दा पीडित भाइले निक्कै कठिनाईहरुको सामना गर्नु पर्यो। धेरै पटक लेबर सफिस र अदालतको चक्कर लगाउनु पर्यो, निवेदनहरु दिनु पर्यो। बल्ल गएर अन्त्यमा कम्पनी बाध्य बनेर उक्त रकम कोर्टमै लगेर जम्मा गर्यो।

फलत केहि औपचारिकता पूरा गरेपछि अदालत मार्फत उक्त रकम पीडित भाइलाइ केहीदिन पहिला मात्र प्राप्त भएको कुरा पीडित भाइले नै हामीलाई जानकारी गराउनु भएको छ। यसका लागि कतारको न्याय प्रणाली र कतार सरकार प्रति हार्दिक हार्दिक आभार सहित यो सम्पूर्ण प्रकृयामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पीडित भाइलाइ सहयोग पुर्याउने हुने सबैलाई धन्यवाद। यो केसले यसै गरेर अन्यायमा परेका हाम्रा अन्य दाजुभाइ दिदीबहिनीहरुलाई पनि न्याय खोज्न प्रेरित गर्ने छ भन्ने हामीले आसा गरेका छौँ।

प्रतिक्रिया दिनुहोस

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१