Siraha Times
ताजा समाचार

कतार बाट नेपाल फर्किदा दुबै डोज खोप लगाएपनि ५ दिन होटल क्वारेन्टिन अनिवार्य बस्नुपर्ने

  • जेठ २४, २०७८
  • ११६० पटक पढिएको
  • रामएकवाल राम
alt

दोहा- कतारबाट नेपाल फर्किने यात्रुले कोरोना बिरुद्धको दुबै डोज खोप लगाइसकेको भए पनि ५ दिन अनिवार्य होटेल क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।

कतारस्थित नेपाली दूतावासले आइतबार एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । 

 ७ जुन २०२१ देखि दोहा र काठमाण्डौबीच नेपाल एयरलाइन्स र कतार एयरवेजका एक एक उडानहरु सुचारु हुने तालिका प्रकाशित गर्दै नेपाली तथा विदेशी नागरिकहरु विदेशबाट नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड, २०७८ अनुरुप कतारबाट नेपाल यात्रा गर्ने नेपालीहरुले देहायका मापदण्ड पूरा गरी नेपाल यात्रा गर्न सकिने नेपाली दूतावास दोहा कतारले जनाएको छ  

यस्ताछन् मापदण्ड ?
– ७२ घण्टाभित्रको कोभिड १९ नेगेटिभ पीसीआर रिपोर्ट ।
– ५ दिन अनिवार्य होटल क्वारेन्टिन बस्नुपर्ने ।
– क्वारेन्टिन बसेको चौथो दिनमा पीसीआर परीक्षण गर्ने र पोजेटिभ रिपोर्ट आएमा थप १० दिन होम क्वारेन्टिन बस्नुपर्ने ।

दूतावासका अनुसार आफन्तको अन्तिम संस्कार (काजक्रिया) मा सहभागी हुन नेपाल जाने व्यक्ति, दीर्घरोगी वा शारिरीक रुपमा अशक्त बिरामी र सँगै जाने कुरुवा, ७५ वर्षमाथिका ज्येष्ठ नागरिक वा ५ वर्ष मुनिका नाबालक र सँगै आउने नाबालकका आमाबुबाको हकमा स्थानीय तहको सिफारिसको आधारमा १० दिन होम क्वारेन्टिन बस्ने गरी गन्तव्यमा जान अनुमति दिइने व्यवस्था गरिएको छ ।

यसका लागि टिकट खरीद, क्वारेन्टिनका लागि होटल बुकिङ गर्ने प्रक्रिया तथा अन्य जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न समेत दूतावासले अनुरोध गरेको छ ।

कतारमा उडान बन्द हुनु अगाबै टिकट लिएर बसेका, करार अवधि सकिएर स्वदेश फर्कने क्रममा रहेका, भिजिट भिसाको म्याद सकिएका, विभिन्न कारणले रोजगारी गुमाएका बसेका नेपाली बढी समस्यामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१