Siraha Times
ताजा समाचार

साउदी अरबले ११ देशमा लगाएको यात्रा प्रतिबन्ध हटायो

  • जेठ १६, २०७८
  • ९२३ पटक पढिएको
  • रामएकवाल राम
alt

एजेन्सी । साउदी अरबले ११ देशमा लगाएको यात्रा प्रतिबन्ध हटाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि भन्दै साउदी अरबले २० वटा देशलाई यात्रामा प्रतिबन्ध लगाएकोमा ११ वटालाई फुकुवा गरेको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण भइरहेका देशलाई साउदी अरबले यात्रा प्रतिबन्ध फुकुवा गरेको हो ।प्रतिबन्ध हट्ने देशमा यूएई, जर्मनी, अमेरिका, आयरल्याण्ड, इटाली, पोर्चुगल, बेलायत, स्वीडेन, स्वीट्जरल्याण्ड, फ्रान्स र जापान रहेका छन् ।

यात्रा प्रतिबन्ध हटे पनि यी देशबाट आउने नागरिक अनिवार्य रुपमा क्वरेण्टीनमा बस्नु पर्नेछ। यो निर्णय आजदेखि लागू हुनेछ । यो महिनाको सुरुवातमा साउदी अरबले अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्धको सुरुवात गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेजमा ...

रंजित चौरसिया, वीरगंज १२ असार। नेशनल मेडिकल कलेज, वीरगञ्जको आयोजनामा तथा इन्स्टिच्युट अफ मेडिसिन (आई ...

खडक नगरपालिकाद्वारा ...

ओम प्रकाश यादव लहान, असार १२ । सप्तरीको खडक नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनयापन सहज बनाउ ...

खडक–५ बालमैत्री स्था ...

ओम प्रकाश यादव लहान, असार ११ । सप्तरी जिल्लाको खडक नगरपालिका वडा नं. ५ लाई औपचारिक रूपमा ‘बाल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१