जुन १ देखि सेप्टेम्बर १५ सम्म कतारमा दिउँसोको चर्को घाममा श्रमिकलाई काममा लगाउन नपाइने

  • जेठ १४, २०७८
  • १०२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम दोहा कतार - खाडी क्षेत्रमा गर्मी बढेसँगै कतारको प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालयले यो वषर्को गर्मी महिनाका लागि पछिल्लो वर्षहरूझैँ काम गर्ने समय तोकेको छ । खुल्ला कार्य क्षेत्रमा काम गर्ने कामदारहरूमा जून १ देखि सेप्टेम्बर १५ तारिखसम्मका लागि काम गर्ने समयसीमा तोकेको हो । खुल्ला कार्यक्षेत्र वा घाममा काम गर्नुपर्ने कामदारहरूको लागि मात्र लागू हुने मन्त्रालयले जनाएको छ ।

यस्ता कार्य क्षेत्रमा काम गराउने कम्पनीले बिहान १० देखिदेखि अपराह्न ३ बजे सम्मका लागि काम बन्द गर्नु पर्नेछ । साथै कार्य समय तालिकाको सूचनापत्र कामदारले र श्रम निरीक्षकले निरीक्षण गर्न आएको बेला सजिलै देख्ने गरी टाँसिएको हुनु पर्ने मन्त्रालयले जनाएको छ । नियम उल्लघंन गर्ने कम्पनीविरुद्ध कडा कारबाहीको चेतावनी समेत दिइएको छ। लगातार चर्को गर्मीमा काम गर्ने कामदारका शरीरमा पानीको मात्रा कम हुने र त्यसले कामदारको किड्नीमा प्रत्यक्ष असर पर्ने विश्व स्वास्थ्य संगठनले बताउने गरेको छ । कतारमा विभिन्न क्षेत्रमा ३ लाख १२ हजार ६५० नेपाली कार्यरत रहेका छन् । ती मध्ये ११ हजार ९० जना महिला कामदारहरु कार्यरत छन् ।

Open Photo

प्रतिक्रिया दिनुहोस

युवा नेता दुबेले गरे ...

कलैया १३ पौष। कलैया उप–महानगरपालिका वडा नम्बर ५ मा अवस्थित द रोयल कटेजलको शनिबार एक विशेष समार ...

लहान नगरपालिकाद्वारा ...

ओम प्रकाश यादव लहान, पुष १३ । मधेश प्रदेशमा चिसो बढ्दै गएपछि लहान नगरपालिकाले दलित तथा विपन्न समुदाय ...

नेपाल रेडक्रस सोसाइट ...

लहान, पुष १३ । “सेवा नै धर्म हो” भन्ने मूल नारासहित नेपाल रेडक्रस सोसाइटी लहान उपशाखाको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१