Siraha Times
ताजा समाचार

सिरियामा राष्ट्रपतिका लागि निर्वाचन हुदै

  • जेठ १२, २०७८
  • १२०७ पटक पढिएको
  • रामएकवाल राम
alt

एजेन्सी, । सिरियामा राष्ट्रपति पदका लागि निर्वाचन शुरु भएको छ । सिरियाली अधिकारीहरुले बुधबार त्यहाँको राष्ट्रपति पदका लागि शुरु भएको निर्वाचनमा मतदान भइरहेको बताएका छन् ।

 समाचारमा जनाइएअनुसार यहाँ सुरक्षाको समस्या रहेकोले निश्चित क्षेत्रमा मात्र मतदान भइरहेको बताएका छन् । खासगरी सिरियाको राजधानी र सरकारको नियन्न्त्रणमा रहेका क्षेत्रहरुमा मात्र निर्वाचन प्रक्रिया शुरु भएको बताइएको छ ।

ब्ुाधबार बिहानबाट शुरु भएको मतदान प्रक्रिया आज साँझसम्म नै जारी रहने बताइएको छ । सिरियाको सरकारको नियन्त्रणमा रहेका क्षेत्रहरुमा मात्र निर्वाचनको मतदान भएको छ । सिरियाका आन्तरिक मामिला सम्बन्धी मन्त्री मोहमद अल रहमाउनले मंगलबार सिरियामा देशभरमा गरेर १२ हजार ओटा मतदान केन्द्रहरु स्थापना गरिएको जानकरी दिएका थिए ।

उनले मंगलबार पत्रकार सम्मेलन गरेर बुधबार हुने मतदानको शान्ति सुरक्षाको पनि व्यवस्था मिलाइएको जानकारी दिएका थिए । उनले मतदानको कामलाई सुरक्षित रुपमा सम्पन्न गर्ने गरी तयारी भएको जानकारी पनि त्यस अवसरमा दिएका थिए ।

सिरियाका वर्तमान राष्ट्रपति बसार अल असदसहित त्यहाँका तीन जनाले राष्ट्रपति पदमा उम्मेदावारी दिएका छन् । सिरियामा केही वर्षअघि देखि नै राष्ट्रपति असदका विरुद्धमा आन्दोलन चर्किएको थियो ।

सिरियाका राष्ट्रपति असार अल असदका विरुद्धमा आन्दोलन चर्किएको थियो र जारी आन्दोलनमा भएका हिंसामा त्यहाँका ४ लाख भन्दा पनि बढी मानिसको ज्यान गएको छ ।Photo: Agency

प्रतिक्रिया दिनुहोस

प्यारागन पब्लिक स्कु ...

ओम प्रकाश यादव लहान, साउन २८ । विद्यार्थीलाई समयानुकूल, व्यवहारिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने ...

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१