Siraha Times
ताजा समाचार

भारतबाट सिंगापुर जान लागेको मालवाहक पानीजहाजमा आगलागी

  • जेठ १२, २०७८
  • ८८४ पटक पढिएको
  • रामएकवाल राम
alt

एजेन्सी, । भारतबाट सिंगापुर जान लागेको एउटा पानी जहाजमा आगलागी भएको छ।

श्रीलंकाको कोलम्बो हुँदै सिंगापुर जान लागेको एमभी एक्स–प्रेस पर्ल मालवाहक पानीजहाजमा बिस्फोटपछि आगलागी भएको हो ।भारतको हाजिरा बन्दरगाहबाट १ हजार ४ सय ८६ कन्टेनर सामान बोकेर सिंगापुरको ध्वजावाहक उक्त पानीजहाज मे १५ मा छुटेको थियो ।

जहाजको चालक दलमा फिलिपिन्स, चीन, भारत र रूसका गरी २५ जना रहेको र उनीहरुको श्रीलंकाको नौ सैनिकले उद्धार गरेको बताइएको छ । उद्दार गरिएका मध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको बताइएको छ ।

आगो नियन्त्रणमा लिन श्रीलंकाली वायु सेनाको हेलिकप्टरबाट केमिकल फालिएको थियो भने जहाजमा रहेका कैयौं कन्टेनर समुन्द्रमा खसेका थिए । पानीजहाजमा भएको रसायनबाट आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगर अस्पताल ...

ओम प्रकाश यादव,​लहान, ९ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ९ स्थित नगर अस्पतालमा उपचा ...

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१