Siraha Times
ताजा समाचार

रेमिटेन्स देशको अर्थतन्त्र बचाउने अक्सिजन सिलिन्डरले नेपालीको ज्यान बचाउने श्रमिकहरुलाई हृदय देखि सलाम

  • जेठ ५, २०७८
  • १४२३ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम दोहा कतार - मातृभूमिमा जुनकुनै प्राकृतिक विपत्ति तथा महामारी जस्ता दैविक प्रकोपहरु लगायत प्रवासमा कुनै समस्या/दुःखमा परेका नेपालीहरुको सहयोगका खातिर सक्दो सहयोग प्रदान गर्दै आईरहेको सदभाव युवा समाजले केहि महिना पहिले COVID कै समस्यामा कुनै पनि व्यक्तिलाई रगतको अभाव नहोस भनेर देशका विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो ।
यस संस्थाले अहिले विश्वभर फैलिरहेको COVID-19 महामारीको विकराल चपेटामा हाम्रो मातृभूमि पनि परिरहेको अवस्थामा यो महामारी नियन्त्रण तथा महामारी रोकथामका निमित्त चाहिने अत्यावश्यक स्वास्थ्य सामाग्री जुटाउनको लागी तत्कालको मुख्य समस्याको रुपमा देखिएको अक्सिजन सिलिण्डर अभाव हुन नदिन तथा अक्सिजन आवस्यक परेका COVID संक्रमित बिरामीलाई अक्सिजन प्रदान गर्नको लागी सहज होस भन्ने हेतुले “नेपालमा अक्सिजन सिलिण्डर पठाऔं, आफन्तको ज्यान बचाऔं” भन्ने मुल नारा लिएर NRNA-NCC कतारको पहलमा “गैर आवासीय संघ मध्यपुर्व” मार्फत ओमानबाट पठाईएको ५६० थान अक्सिजन सिलिण्डरको खरिद सहयोगार्थ यस सदभाव युवा समाज कतारले पनि यो महाअभियानमा हातेमालो गर्दै COVID संक्रमणमा परी आफ्नो प्राण बचाउको लडाइँ लडीरहेका जोकोही नेपालीको जीवन रक्षार्थ अक्सीजन उपलब्ध गराउने यस पवित्र कार्यमा सहकार्य गरी १५ सिलिण्डर बराबरको रकम उपलब्ध गराउने प्रतिवद्धता जनाए बमोजिम यस संस्थाको अभियानमा कतार एअरवेज ग्रुपमा कार्यरत सहयोगी भावनाका नेपाली दाजुभाईहरु द्वारा संकलन गरिएको सहयोग रकम मध्यबाट NRNA-NCC कतारको कार्यालयमा NRNA-NCC का अध्यक्ष मो. मुक्तदा मुसलमान ज्यूलाई लाई QAR 6375/- हस्तान्तरण गरेको छ !
यस संस्थाका सदस्य, शुभचिन्तक तथा शुभेच्छुक एवं कतार एअरवेजका विभिन्न विभागहरुमा कार्यरत सहयोगीदाताहरु बाट र संस्थाको कोषबाट गरी QAR 10000/- रकम संकलनको लक्ष्य राखी संकलन गरिएको लक्षित रकममध्य बाट सिलिण्डर खरिद सहयोगार्थ NRNA-NCC कतारलाई QAR 6375/- हस्तान्तरण गरी बाँकी रहेको रकम हाल स्वदेशमा COVID उपचारको लागी तथा महामारीले प्रभावित हरुलाई सेवा सहयोग पुर्याउदै निशुल्क अभियानहरु संचालन गरिरहेका अभियन्ता एवं सामाजिक संस्थाहरुलाई प्रदान गरिने संस्थाका अध्यक्ष गुणानिधि घिमिरेले बताउनुभएको छ ! संस्थाले आव्हान गरेको हरेक अभियानमा सहयोग पुर्याउनुहुने तपाईंहरु सम्पुर्ण सहयोगी साथीहरुमा हार्दिक आभार प्रकट गर्दछौं

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगर अस्पताल ...

ओम प्रकाश यादव,​लहान, ९ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ९ स्थित नगर अस्पतालमा उपचा ...

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१