ताजा समाचार

भारतको असम राज्यमा चट्याङ लागेर १८ जंगली हात्तीको मृत्यु

  • वैशाख ३१, २०७८
  • १२६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

एजेंसी विश्चव महामारीसंग जुधिराहेको बेला अर्को आफद  चट्याङ लागेर १८ वटा जंगली हात्ती मरेका छन् । भारतको उत्तरपूर्वी राज्य असममा पर्ने नगाउँमा चट्याङ लागेर मरेका १८ हात्ती एकै ठाउँमा भेटिएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार कुन्डोली प्रस्तावित आरक्षित वनको कठियाटोलीमा चट्याङ लागेर हात्ती मरेका हुन् । असमा वरिष्ठ वन अधिकारी एम के यादवले भनेका छन्, ‘चट्याङ लागेरै हात्ती मरेको अनुमान छ । तर मृत्युको अन्य कारण भए पोस्टमार्टमपछि मात्रै थाहा हुन्छ ।’

असमका मुख्यमन्त्री हिमन्त विस्वाले ठूलो संख्यामा हात्ती मरेको खबरले आफू चिन्तित भएको भन्दै घटनाको अनुसन्धान गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् । त्यस्तै राज्यका वनमन्त्री परिमल शुक्लावैद्यले पनि हात्ती मरेकोमा चिन्ता व्यक्त गर्दै मुख्यमन्त्रीको निर्देशनअनुसार घटनाको अनुसन्धान हुने बताए । भारतमा २७ हजारभन्दा बढी एसियाली हात्ती रहेका छन्, जसको २१ प्रतिशत हिस्सा असममा मात्रै छ । २० वर्षमा पहिलो पटक असममा एकैपटक यति धेरै संख्यामा हात्ती मरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । यो समाचार टुडे खोज बाट साभार गरिएको हो 

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤