जेल सजाय भोगिरहेका १४ नेपालीलाई कतार सरकारले दियो आममाफी

  • वैशाख २१, २०७८
  • १३१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम दोहा कतार- जेल सजाय भोगिरहेका १४ नेपालीलाई कतार सरकारले आममाफी दिएको छ । रमदान वर्षको अवसरमा कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरूमा विभिन्न आरोपमा सजाय भोगिरहेका १४ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । आममाफी पाएका नेपाली नागरिकको स्वदेश फिर्ती सहज बनाउन कतार सरकारका सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय तथा सहजीकरण गर्ने दूतावासको भनाइ छ । कोरोना सङ्क्रमणलाई समेत मध्ये नजर गर्दै कतारमा जेल जीवन बिताइरहेका नेपालीहरूको रिहाइका लागि विभिन्न समयमा कतार सरकार समक्ष दूतावासले अनुरोध गर्दै आएको जनाएको छ ।received_523880022351051

प्रतिक्रिया दिनुहोस

सुरुङ्गामा ३ दिने नि ...

रहमुल,लहान १ पुस । सप्तरीको सुरुङ्गा नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पताल, लहानको प्राविधिक सहयोगम ...

जसपा नेपाल सिरहा क्ष ...

ओम प्रकाश यादव लहान पुस ०१ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहा जिल्ला निर्वाचन क्षेत्र नं. १ ...

लहान रा.उ.अस्पताल जग ...

लहान मंसिर २९ । लहानस्थित रामकुमार मुरारका–उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा अस्पता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१