बिल गेट्स र मिलिन्डा गेट्सद्वारा सम्बन्ध विच्छेदको घोषणा

  • वैशाख २१, २०७८
  • ११६३ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं । माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उहाँकी पत्नी मिलिन्डा गेट्सले सम्बन्ध विच्छेद गर्ने घोषणा गरेका छन् ।

धनाढ्य दम्पतीले २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्ने घोषणा गरेका बीबीसीले जनाएको छ ।बिल गेट्स र मिलिन्डाले आफूहरुको लामो छलफलपछि अलग हुने निर्णय लिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

विश्वकै धनी व्यक्तिमध्येका एक ६५ वर्षका बिल गेट्स र ५६ वर्षका मिलिन्डाको भेट माइक्रोसफ्ट कम्पनीमै भएको थियो ।दुवैले सन १९९४ मा विवाह गरेका थिए । अलग भएपछि पनि दुवैले बिल एण्ड मिलिन्डा फाउन्डेसनको काम भने जारी राख्ने बताएका छन्।

सन २००० मा स्थापना गरेको फाउन्डेसनले अहिलेसम्म विश्वभर झण्डै ५४ बिलियन डलरको सहयोग गरिसकेको छ ।विश्वभर उदाहरणीय जोडीको रुपमा रहेको र सामाजिक कामबाट समेत सधैं चर्चामा रहने यो जोडीको सम्बन्ध विच्छेदले धेरैलाई आश्चर्यमा पारेको छ ।

प्रतिक्रिया दिनुहोस

लहान रा.उ.अस्पताल जग ...

लहान मंसिर २९ । लहानस्थित रामकुमार मुरारका–उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा अस्पता ...

जसपा नेपाल क्षेत्रीय ...

ओम प्रकाश यादव लहान मंसिर २९ । जनता समाजवादी पार्टी सिरहा जिल्लाका मेहिनेती नेता रामु महतो क्षेत्रीय ...

कृष्णनगरमा राष्ट्रीय ...

रवि प्रकाश कसौधन, कृष्णनगर, मंसिर २८ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्तरीय राष्ट्रीय प्रजात ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१