Siraha Times
ताजा समाचार

बिल गेट्स र मिलिन्डा गेट्सद्वारा सम्बन्ध विच्छेदको घोषणा

  • वैशाख २१, २०७८
  • १३६४ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं । माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उहाँकी पत्नी मिलिन्डा गेट्सले सम्बन्ध विच्छेद गर्ने घोषणा गरेका छन् ।

धनाढ्य दम्पतीले २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्ने घोषणा गरेका बीबीसीले जनाएको छ ।बिल गेट्स र मिलिन्डाले आफूहरुको लामो छलफलपछि अलग हुने निर्णय लिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

विश्वकै धनी व्यक्तिमध्येका एक ६५ वर्षका बिल गेट्स र ५६ वर्षका मिलिन्डाको भेट माइक्रोसफ्ट कम्पनीमै भएको थियो ।दुवैले सन १९९४ मा विवाह गरेका थिए । अलग भएपछि पनि दुवैले बिल एण्ड मिलिन्डा फाउन्डेसनको काम भने जारी राख्ने बताएका छन्।

सन २००० मा स्थापना गरेको फाउन्डेसनले अहिलेसम्म विश्वभर झण्डै ५४ बिलियन डलरको सहयोग गरिसकेको छ ।विश्वभर उदाहरणीय जोडीको रुपमा रहेको र सामाजिक कामबाट समेत सधैं चर्चामा रहने यो जोडीको सम्बन्ध विच्छेदले धेरैलाई आश्चर्यमा पारेको छ ।

प्रतिक्रिया दिनुहोस

प्यारागन पब्लिक स्कु ...

ओम प्रकाश यादव लहान, साउन २८ । विद्यार्थीलाई समयानुकूल, व्यवहारिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने ...

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१