गैर अवासिय नेपाली संघ कतारको अन्तिम भेला सप्पन्न

  • बैशाख १२, २०७८
  • ९९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम दोहा कतार- गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारको तेस्रो तथा अन्तिम परिषद् भेला सम्पन्न भएको छ । सङ्घका अध्यक्ष मोहम्मद मुक्तदाको सभापतित्व तथा कतारका लागी नेपाली राजदूत डा नारदनाथ भारद्वाजको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अनलाइन भर्चुअल जुम मार्फत सम्पन्न २०१९/२१ कार्यकालको अन्तिम पार्षद् भेला बिधिवत उदधाटन सहित अगाडि बढेको थियो ।

प्रथम उपाध्यक्ष उत्तम गुरुङले स्वागत मन्तव्य राखेकाे कार्यक्रममा सङ्घका दित्तीय उपाध्यक्ष कुमार खड्काले सङ्घसंस्था समन्वय प्रतिवेदन पेस गर्नुभएकाे थियाे । युवा बिभागको कार्यप्रगति प्रतिबेदन युवॉ संयोजक रविन मगरले पेश गर्नुभएकाे हाे । महिला संयोजक अम्बिका खत्रीले पनि आफ्नो विभागको कार्यप्रगति बिबरण प्रस्तुत गर्नुभएकाे थियाे। कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि भारद्वाजले कोरोना समयमा प्रभावकारी कार्य गरेको, राजदूतावाससँग समन्वय गरेको, आन्तरिक र श्रम मन्त्रालयसँगको समन्वय, हवाई टिकट, आवास र खाद्यान्न वितरणमा सङ्घले दिएको योगदानको प्रशंसा गर्दै परिषद् भेलाको सफलताको लागि शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।

कोरोनाले कतारमा पुऱ्याएको असहज परिस्थितिमा श्रमिकका लागी मरिमेटेर कार्य सम्पादन गरेको श्रमिक विभागको कार्य प्रगति विवरण भने भेलामा विशेष कारण जनाउँदै पेस गरिएन l श्रमिक समस्या समाधान तथा राहत वितरण समितिका संयोजक उत्तम गुरुङले आफ्नो टिमले गरेको कार्य कतारका नेपाली माझ चिर परिचित रहेको बताउनुभएकाे थियाे । भेलामा सङ्घका कोषाध्यक्ष विनोद प्रसाद बसौलाले कार्यकालमा सङ्घले ३ लाख ३० हजार ४ सय ९२ रियाल आम्दानी र १ लाख ८४ हजार २ सय ३७ रियाल खर्च गर्दै १ लाख ४६ हजार २५५ रियाल बचत गरेको आयव्यय प्रस्तुत गर्नुभयाे। भेलामा सङ्घको २ बर्से कार्यकालको कार्य प्रगति विवरण महासचिव पदम गिरीले पेस गर्नुभएकाे थियाे ।

खाडी राष्ट्रमा पिडित श्रमिक उद्धार अन्तर्गत गैर्ह आवासीय नेपाली संघको परियोजनामा दिएको रकममा भ्रष्टाचार भइरहेको समाचार बाहिरिएकाे बेला कतारको हकमा पहिलो पटक गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्द्वारा सञ्चालित कोभिड -१९ कार्यक्रम अन्तर्गतको रकमका बारेमा फ्लोरबाट प्रश्न उठेको थियो। फ्लोरको प्रश्नको जवाफ दिँदै सङ्घका अध्यक्ष मुक्तदाले कतारमा १ लाख ४४ हजार ११४ रियाल रकम आएको र हालसम्म विभिन्न शीर्षकमा ८६ हजार ५ सय ६२ रियाल खर्च भइसकेको जानकारी दिनुभएकाे थियाे । परियोजना चालु रहेको हुँदा यसकाे अन्त्यसँगै आर्थिक विवरण सार्वजनिक गर्ने र बाँकी रहेको रकम फिर्ता गरिने प्रतिबद्धता मध्यपूर्व संयोजक तथा परियोजना अनुगमन समितिका संयोजक प्रवीण गुरुङले गर्नुभएकाे हाे ।

सङ्घको कार्यकाल २०१७-२०१९ मा स्थापित साहित्य तथा पत्रकारिता पुरस्कारलाई यस कार्यकालमा पनि निरन्तरता दिँदै कार्यकाल २०१९-२०२१ को “पत्रकारिता पुरस्कार” तिलु शर्मा र “साहित्य पुरस्कार” दीप मिलन र स्वास्थ्य तथा खेलकुद पुरस्कार ईन्तखाबअहमदलाई प्रदान गरिने भएको छ । भेलामा प्रस्तुत विभिन्न कार्य, सङ्गठनात्मक, आयव्यय लगायतका पेस गरिएका विभिन्न विवरणहरू पास भएका छन् भने आइसिसी सदस्य रमेस भट्टलाई निर्वाचन समिति संयोजक चयन गरेको छ l भेलाले २०२१/२३ कार्यकालको बिधान संसोधन सहित पास गरेको छ भने परिषद् सदस्यता शुल्क ५५ रियालबाट घटाउँदै ३५ कायम गरेको छ । करिब ८ घण्टा चलेको भेलाको समापन गर्दै सभापति मुक्तदाले अन्तिम पार्षद् भेला भए पनि आफ्नो जिम्मेवारी नसकिएको बताउदै अधिबेशन पश्चात् कार्यभार हस्तान्तरणसम्म दत्तचित्त भएर सामाजिक कार्यमा लाग्ने बताउनु भयाे । कार्यक्रममा एनआरएनका प्रतिनिधि कतारमा रहेका विभिन्न सङ्घसंस्थाका प्रतिनिधीहरुको विशेष उपस्थिति रहेको थियो ।

No description available.

प्रतिक्रिया दिनुहोस

प्रदेश सरकार द्वारा ...

रहमुल लहान चैत्र १५ । मधेस प्रदेश सभा सदस्यहरु माननीय राजकुमार गुप्ता, शत्रुधन प्रसाद सिंह लगायत अन् ...

जातिय छुवाछुत विरुद् ...

संजू कुमारी दास चैत्र १४ । गोलबजार नगरपालिका वडा नं. ५ मगर टोलमा जातिय छुआछुत विरुद्धको शान्ति भोज स ...

मधेश प्रदेश सरकारमा ...

जनकपुरधाम, १४ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रवक्ता डा.आभास लाभले राज्यसत्ताको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१