गैर आवासीय नेपाली संघ कतारको पञ्जीकृत सदस्यता खुल्ला ( तरिका सहित)

  • वैशाख १२, २०७८
  • १३३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकबाल राम दोहा कतार । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारले पञ्जीकृत सदस्यता खुल्ला गरेको छ l सङ्घको गत शुक्रवार सम्पन्न परिषद् भेलाबाट संशोधित विधान बमोजिम आगामी २०२१-२३ कार्यकालका लागि आजबाट पञ्जीकृत सदस्यता नवीकरण तथा खुल्ला गरिएको संघले जनाएको छ l पञ्जीकृत सदस्यता शुल्क ५५ रियालबाट घटाउँदै ३५ कायम गरिएको छ ।पञ्जीकृत सदस्यताको लागि इमेल, मोबाइल नम्बर, कतारको ठेगाना, पासपोर्ट कपीको फोटो, कतारी आइडीको फोटो अति आवश्यक पर्दछ भने पहिलो पटक सदस्यता लिन चाहनेले कतार प्रवेश गरेको २ वर्ष पुरा भएको कागजात हुनु पर्दछ भने पुराना पञ्जीकृत सदस्यले एनआरएनए को पुरानो आइडीको फोटो भए सहज हुनेछ l

यसरी भर्नुहोस् यो लिङ्कमा क्लिक गर्नुहोस् र

https://members.nrna.org/signup पहिलो पेजमा व्यक्ति गत विवरण भर्नु पर्दछ जुन सामान्य विवरण सहितको छ तर तपाइको इमेल या फोन भने एक्टिभ हुनु पर्दछ l तपाइले भरेको व्यक्तिगत विवरणको भेरीफाईड कोड मोबाइल/इमेलमा आउँछ l कोड इमेलमा या मोबाइल कहाँ प्राप्त गर्ने त्यो तपाइको अनुकूलतामा भर पर्दछ l प्राप्त कोड इन्टर गरी सके पछि अपलोड डकुमेन्ट आउँछ l अपलोड डकुमेन्ट अन्तर्गत कतारी आइडिको अगाडिको भागको फोटो हाल्नु पर्दछ l त्यसको तलपट्टिको अर्को भागमा पासपोर्टको स्क्यान फोटो खिचेर अपलोड गर्नु पर्दछ भने अर्को पट्टि कतार आएको २ साल प्रमाणित हुने कागजात तपाईँसँग जे छ त्यही हाल्नु पर्दछ।

पछिल्लो कार्यकालको परिषद् सदस्यता कार्ड छ भने अगाडिको भागको फोटो खिचेर हाल्नु भयो भने एकदम सजिलो हुन्छ l त्यसको ठीक तल आफ्नो नयाँ फोटो हाल्नु पर्दछ l सबै फोटोहरू अपलोड गर्दा रिसाइजको लागि जुम गरेर ठूलो सानो बनाउँदै सबै फोटोहरू मागिएको साइजमा अपलोड गर्न मिल्ने सुविधा छ l

 

प्रतिक्रिया दिनुहोस

सिरहाको धनगढीमाईमा अ ...

ओम प्रकाश यादव लहान, साउन १४ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा न. ११ स्थित आमचोकमा गएराति एक ...

सखुवानन्कारकट्टीमा क ...

ओम प्रकाश यादव, लहान साउन १४ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा निरन्तर सुख्खा, कमजोर विद् ...

पत्रकारिता न्यायको ख ...

ओम प्रकाश यादव, लहान, साउन १३ । जिल्ला समन्वय समिति सिरहाका प्रमुखको घरबारे सामाजिक सञ्जालमा हालै दे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१