मित्र राष्ट्र भारतमा कोरोना संक्रमणबाट एकैदिन १५ सयभन्दा बढीको मृत्यु

  • वैशाख ५, २०७८
  • १३८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

एजेन्सी- भारतमा कोरोना भाइरस (कोभिड–१९) को कारण पछिल्लो २४ घण्टामा १ हजार ५०१ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार उक्त अवधिमा थप २ लाख ६१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड ४७ लाखभन्दा बढी पुगेको छ भने मृत्यु हुने १ लाख ७७ हजार नाघेका छन् ।

पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा ६७ हजारभन्दा बढी संक्रमित थपिएका छन् । यस्तै उत्तर प्रदेशमा २७ हजार, कर्नाटकमा १७ हजार तथा छत्तीसगढमा १६ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि १८ लाख नाघेको छ । विश्वभर कोरोना संक्रमणबाट ३० लाखभन्दा बढीको मृत्यु भइसकेको छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १४ करोडभन्दा बढी पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सामाजिक सञ्जाल बन्दक ...

ओम प्रकाश यादव लहान भदौ २२ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको चर्चा बीच यसको सम्भावि ...

वैश्य समाजको लागि सच ...

बिरेन्द्र प्रसाद नेपाल लहान, भदौ १८ । कमलापुरी वैश्य (बनिया) समाज नगर कार्यसमिति, लहानले हिन्दू धर्म ...

प्रेस मञ्च नेपाल मधे ...

ओम प्रकाश यादव लहान, १८ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको शुभेच्छुक संस्था प्रेस मञ्च न ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१