जनसम्पर्क समिति कतारको पाँचौँ अधिवेशन सम्पन्न,अध्यक्षमा मोहम्मद अजिज अलि

  • चैत ७, २०७७
  • ११७१ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम दोहा ( कतार) नेपाली जनसम्पर्क समिति कतारको पाँचौँ राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ। नेपाली कांग्रेसको प्रवास सङ्गठन अन्तर्गत रहेको संस्थाको पाँचौँ राष्ट्रिय अधिवेशन बाट बौद्धिक तथा सामाजिक ब्याक्तित्व मोहम्मद अजिज अलिको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि प्रमुख अतिथि रहेका थिए । त्येस्तै विशिष्ठ अतिथिहरु कांग्रेस महामन्त्रीडा. शशांक कोइराला, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य एनपी साउद, नेपाली राजदूतावास कतारका दित्तीय सचिव प्रविन भट्टराई लगायतका रहेका थिए।

उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि निधिले जनसम्पर्क समिति कतारले विश्वव्यापी फैलिएको कोभिड १९ को प्रतिकुल अवस्थामा पनि प्रविधिमार्फत अधिवेशन भव्यरुपमा सम्पन्न गरी उदाहरण पेस गरेको भन्दै अन्य समितिहरूले पनि यी विधिबाट यथाशक्य अधिवेशनहरू सम्पन्न गर्न सुझाएका थिए। महामन्त्री कोइरालाले अधिवेशन सफलताको शुभकामना दिएका थिए भने अर्जुननरसिंह केसी, एनपी साउद लगायतका केन्द्रीय नेताहरुले प्रविधिमार्फत गरेको भव्य अधिवेशनले आफूहरू दोस्रो अधिवेशनमा भौतिकरूपमा उपस्थित भएको स्मरण ताजा गराएको भन्दै खुसी व्यक्त गरेका थिए।

नेपाली दूतावासका दित्तीय सचिव भट्टराईले वर्तमान कोभिड १९ को अवस्था कतार सरकार र स्वास्थ्य सङ्गठनको निर्देशित कानुनको दायरामा रहेर नेपाली समुदायले आफ्ना गतिविधि गर्नु पर्नेछ भन्दै जनसम्पर्क समितिले त्यही दायरामा रहेर आफ्नो अधिवेशन गर्न सफल भएकोमा खुसी व्यक्त गरेका थिए। कार्यक्रममा विश्वभरका जनसम्पर्क समितिका सभापतिहरू दोहाका वैचारिक संस्थाका प्रमुख, एनआरएनए आइसिसी र एनसीसीका प्रतिनिधि, पत्रकार महासङ्घ र सामाजिक संस्थाका प्रमुखहरू कार्यक्रममा जोडिएका थिए। कार्यक्रमको बन्द सत्रबाट सभापति अजिज अलिसहित उपसभापतिहरूमा ठाकुरकुमार परियार, रामकुमार मण्डल र अर्जुन चापागाईँ, महामन्त्रीमा केदार भुसाल र अबु अलि सह महामन्त्री भोजबहादुर साउद र खगेन्द्र खनाल, कोषाध्यक्ष केदार शर्मा, सहकोषाध्यक्षमा महेश्वर मण्डल निर्विरोध निर्वाचित भएका छन्।

त्यसैगरि समितिको सदस्यहरूमा शिवराज गौतम, रामेश्वर मण्डल, छविलाल भट्टराई, तिलकराम घिमिरे, अनुप जोरा, वाहिद अलि, दिपजंग शाह, कृष्ण पन्थी, मो. इन्दाज आलम, वसन्तराज पुरी, प्रेम चलाउने, रामु रेग्मी, कलाउद्दीन नदाफ र ईशिलाल पण्डित रहेका छन्। त्यसैगरि प्रदेश नम्बर २ को संयोजकमा शेख हनिफ मिया, बागमती प्रदेश संयोजक डेगबहादुर भारती, गण्डकी प्रदेश संयोजक विकास भुजेल, लुम्बिनी प्रदेश कृष्ण शाह र सुदूरपश्चिम प्रदेश संयोजकमा नरेश जैसी चयन भएका छन्।

अधिवेशनले नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि ३ महासमिति सदस्य र ४ महाधिवेशन प्रतिनिधिहरू पनि निर्वाचित गरेको छ। सभापति अजिज अलि, संस्थापक सभापति नरेन्द्र भाट र संस्थापक महामन्त्री विमल सुवेदी महासमिति सदस्य रहेका छन् भने महाधिवेशन प्रतिनिधिहरूमा क्रान्ति सिंह, शङ्कर न्यौपाने, प्रवीण गुरुङ र राजु रेग्मी (राज) रहेका छन् । समितिका कार्यवाहक सभापति शङ्कर न्यौपानेको सभापतित्वमा सम्पन्न राष्ट्रिय अधिवेशनको उद्घाटन सत्र महामन्त्री अजिज अलिले संचालन गरेका थिए । बन्द सत्र नेपाली कांग्रेसको केन्द्रीय जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराई र केन्द्रीय प्रतिनिधि भुवानीप्रसाद तिमिल्सिनाको रोहोवरमा सम्पन्न भएको थियो। निर्वाचन समितिका संयोजक धनबहादुर बलायरले प्रमाणपत्र प्रदान गरि सपथ ग्रहण गराएका थिए।

प्रतिक्रिया दिनुहोस

सिरहा–सप्तरीका ४८ सम ...

रहमुल, लहान १५ चैत्र । राष्ट्रिय कृषक समुह महासंघले सिरहा र सप्तरी जिल्लाका ४८ वटा समुदायमा जलवायु उ ...

लहानमा तलब निकासाको ...

ओम प्रकाश यादव, लहान, चैत १५ । तलबसहित विभिन्न रकम निकासा माग गर्दै लहान नगरपालिकाका सामुदायिक विद्य ...

बहुदरमाई नगरपालिकामा ...

रंजित चौरसिया,वीरगंज १५ चैत । पर्साको बहुदरमाई नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई भ्रष्टा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१