अन्तर्राष्ट्रिय रामनाम मानस महायज्ञ बेल्हीमा उद्घाटन

बेल्हिमा सनातन धर्मको महायज्ञ को उद्घाटन

  • फागुन २२, २०७७
  • ११५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २२ फाल्गुन । सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिका वार्ड नं. ४, बेल्ही स्थित स्थानियहरु र गाउँपालिकाको बिशेष सहयोगमा श्री श्री १०८ श्री अन्तर्राष्ट्रिय रामनाम मानस महायज्ञ ४० लाखको बजेटममा आयोजना गरिएको छ । उक्त यज्ञको उद्घाटन गाउ पालिकाको अध्यक्ष दयान्द गोइत ले रिवन काटेर कार्यक्रमको उद्घाटन गरेका थिए । महायज्ञको सफताको लागि पत्रकार सम्मेलन गरिएका थिए ।

महायज्ञकर्ताः श्री श्री १०८ देव दास निर्माण छुट गुठी रामरतन दासद्धारा हुन गईरहेको छ । कलश यात्राः मिति २०७७-११-२१ गते र २२ गते देखि १० दिन सम्म यज्ञ हुने कुरा सो यज्ञको अध्यक्ष शंकर गुप्ताले जानकारी गराएको छ । बेल्ही भने ठाउँ नेपाल र भारतको सिमाना नजिँकै पर्ने हुँदा भारतिय भक्तजनहरु समेत भित्रिने भएकोले यो यज्ञमा साठी हजार भन्दा वढी मानिसहरु सहज रुपमा अटिने क्षमता भएको भौतिक पूर्वाधार निर्माण गरिबनाएकोले यो यज्ञलाई अन्तर्रष्ट्रिय महायज्ञ भनेको कुरा जनकपुरवाट पाल्नु भएका बाबा रामरत्न दासले बताएको छ ।

सो सम्मेलनमा सिरहा जिल्लाका पत्रकारहरुः नेपाल पोस्ट दैनिक का महेश सिंह, हर्षित नेपाल पत्रिकाको सम्पादक÷प्रकाशकः बिरेन्द्र प्रसाद नेपाल, शम्भु चौधरी र सप्तरी जिल्लाका पत्रकार मनोज बनैता, रासिन्द्र यादव लगायत करिव एक दर्जन भन्दा बढी सप्तरीका पत्रकारहरुको उपस्थित रहेका थिए । यो यज्ञको अध्यक्ष शंकर गुप्ता, बलान बिहुल गाउँपालिकाको अध्यक्षः दयानन्द गोईत, उपमेयर रुवी गुप्ता, बेल्ही वार्ड नं.४ का वडा अध्यक्ष हन्सु मियाँ स्थानि भद्रभलादमी, बृद्धिजीवी, समाजसेवीहरुको उपस्थित रहेका थिए ।

१० वटा सौचालयहरु निर्माण गरेको छ भने बेल्ही चौक देखि यज्ञ स्थल सम्म ग्राईभेलको रोड नै निर्माण गरिएको छ । सप्तरीको कुशहा चौकमा देखि बेल्ही सम्ममा पर्ने मुख्य चौकचौकमा गेट बनाएको छ । उपमेयर रुवी गुप्ताले भने यो यज्ञमा जति खर्चा लागेको छ त्यो भन्दा बढी रकम संकलन भएमा बढी रकमलाई संघमा नै राख्ने छु र हरहिसाव चुस्तदुरुत राख्ने प्रतिवद्धता जनाएको छ ।

यो यज्ञमा प्रवचन कर्ताः डा.मानस मधुकर जी अयोध्या बराछौनीवाट पाल्नु भएको छ । त्यहा भगवानका भौतिकरुपी सयौ किसिमका मूर्तिहरु बनाउन मूर्तिकार राजेश पंडित, मुजफरपुरवाट पाल्नुका साथै गौतम रासलिला एवं रामलिला लगायत मनोरंजनात्म कार्यक्रमको समेत आयोजना गरिएको छ । बलान बिहुल गाउँपालिकाको अध्यक्षले भने यो बिशाल महायज्ञमा व्यवस्थापन समिती र स्थानियहरुको निगरानीको कारण कुनै किसिमको त्रुटी हुन दिदैनौ भने प्रबद्धता गरे ।

 

प्रतिक्रिया दिनुहोस

गूगल एकेडेमीको वार्ष ...

वीरगंज ६ माघ । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीको वार्षिकोत्सव “२०८२ ...

महान मधेस जनविद्रोहक ...

रहमुल, लहान ५ माघ। महान मधेस जनविद्रोहका महान वीर सहिद रमेश महतो लगायत सम्पूर्ण सहिदहरूको स्मरण तथा ...

मेयर महेश चौधरीद्वार ...

ओम प्रकाश यादव लहान माघ ५ । लहान नगरपालिका–२४ निवासी परम देवी यादवको निधन भएपछि शोकमा डुबेको प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१