Siraha Times
ताजा समाचार

भारतीय बजारमा नेपाली रुपैयाँको मनपरी बट्टा

  • फागुन १८, २०७७
  • १५८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार नवसंग्राम दैनिक पत्रिका लहान / फाल्गुन १८ गते मंगलबार। करोना भाइरसको कारण करिब ८ महिनादेखि सिरहालगायत मधेशका जिल्लाहरुमा नाकाबन्दीले खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको असहज परिस्थितिको मौका छोपी सिमावर्ती भारतीय बजारमा नेपाली रुपैयाँसंग भारतीय रुपैयाँ साट्दा मनपरी बट्टा शुल्क लिई नेपालीहरु ठगिदै आईरहेका छन। लामो लकडाउन तथा बन्दाबन्दीका समयमा बैंकहरु बन्द भएपछि सिमावर्ती भारतीय बजारमा सरसामान खरिद गर्न पुगेका सर्वसाधारण मनपर्दी दररेटमा नेपाली रुपैयाँसँग भारतीय रुपैयाँ साट्दा मनपरी शुल्क लिईएको युवक दिनेश सरदारले बताए ।

सरदारले केही दिन अगाडि खाद्यान्न सामग्री खरिद गर्न सिरहाको बरियारपट्टी नजिक बोर्डर भारतीय बजार लदनियाँ पुगेका थिए। आलोक भन्ने पसलेलाई भेट्दा १०० नेपालीको ५६ रुपैयाँ मात्र भारु दिई आफू ठगिएको महसुस गरेका थिए। यो सँगै आजभोलि १ हजार नेपाली रुपैयाँको भारु ६१० / ६१५ त कहिले ६२० भारु दिइएको व्यपारी भनाइ रहेका छन। सिमावर्ती लौकहा , खुटौना लदनियाँ , जयनगर स्थानबाट दैनिक उपभोग्य वस्तु ल्याउने क्रममा त्यहाँका व्यपारीहरु सर्वसाधारण नेपालीहरुलाई ठगिदै आईरहेको छ। यसैगरी लत्ताकपडा खाद्यान्नमा पनि दररेट सस्तो भएपनि समस्या पहिलाको नै देखिन्छ त्यसकारण जीवन एकदमै अस्तव्यस्त हुनुका साथै दैनिक जीवन उकास्न र दैनिकी काट्न धो धो रहेको दिनेश सरदारले बताए ।

प्रतिक्रिया दिनुहोस

प्यारागन पब्लिक स्कु ...

ओम प्रकाश यादव लहान, साउन २८ । विद्यार्थीलाई समयानुकूल, व्यवहारिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने ...

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१