ताजा समाचार

प्रवासी नेपाली एकता मञ्च कतारले रक्तदान कार्यक्रम गर्ने

  • फागुन १२, २०७७
  • ११११ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम दोहा( कतार) - प्रवासी नेपाली एकता मञ्च कतारको अध्यक्षमा रामहरी गैरे मनोनित भए सगै मञ्चलाई सामाजिक कार्यमा अगाडि बढाउने योजना स्वरुप आगामी अप्रील १६ तारिक प्रवासी नेपाली एकता मञ्च कतारको आयोजनामा रक्तदान कार्यक्रम गर्ने भएको छ ।

हमद मेडिकल कर्पोरेसन ब्लड डोनर सेन्टरमा रक्तदान गर्ने कार्यक्रम तय भएको अध्यक्ष रामहरी गैरेले जानकारी दिए । कतारमा विभिन्न पेशा ब्यावसायमा आवद्ध भएर रहेका सम्पुर्ण नेपालिहरुलाइ उक्त दिन ब्लड डोनर सेन्टरमा उपस्थित भएर रक्तदान गर्न समेत अध्यक्ष गैरेले अपिल गरेका छन । मञ्चको पुर्बअध्यक्ष चानक पोखरेलले संगठनको बिधान अनुरुप काम नगरेको ठहर गर्दै बहुमत सदस्यको निर्णयमा पोखरेललाइ पदमुक्त गरी गैरेलाई नयाँ अध्यक्षको जिम्मेवारिमा मनोनित गरेको थियो । गैरेको आगमन सगै मञ्चले सामाजिक क्षेत्रमा धेरै कामहरु गर्ने अपेक्षा मञ्चका सुभेच्छुकहरुले लिएका छन ।

बिश्वको सबै भन्दा प्रभावकारी स्वास्थ सुबिधा उपलब्ध गराउन सफल भएकोले कतारमा पछिल्लो समय उपचार गराउन आउने मान्छेहरुको संख्या बढ्न थालेको छ अहिले केही नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडिहरु पनि यहि उपचाररत छन । साथै कतारले यसै बर्ष महत्वपुर्ण फुटलब खेलहरुको आयोजना गर्दै अर्को बर्ष अर्थात सन २०२२ मा फिफा बिश्वकप पनि यहि सम्पन्न गर्ने भएकोले रक्तदान कार्यक्रम अत्यान्तै प्रभावकारी हुने हुदा आफुहरु यो कार्यक्रममा सकेसम्म धेरै सहभागी गराउने गरि लागि परेको मञ्चका सचिव मोहन कार्किले बताए । कार्यक्रमलाई भब्य ढङ्गले सफल बनाउन मञ्चले अध्यक्ष रामहरी गैरे सचिव मोहन कार्की लगायत सदस्यहरु राजु डुम्रे नन्द ढुंगाना अमित गौतम र पुष्पराज लम्साल सहितको सहजिकरण टिम बनाएर प्रचारप्रसार सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤