ताजा समाचार

भारतको चमोलीमा हिमनदी फुट्दा धौलिगंगा नदीमा बाढी, डेढ सय जना बेपत्ता

  • माघ २५, २०७७
  • ६७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

माघ २५ एजेन्सी। भारतको उत्तराखण्डस्थित चमोलीमा हिमनदी फुट्दा धौलिगंगा नदीमा बाढी आएको छ।भारतीय समाचार संस्था एएनआइका अनुसार आइतबार चमोलीको हिमनदी फुट्दा धौलिगंगा नदीमा बाढी आएको हो। बाढीले तपोवन क्षेत्रको ऋषिगंगा पावर प्रोजेक्टमा पनि असर गरेको छ। त्यहाँको ड्याम पनि फुटेको एएनआइले जनाएको छ। बाढी आएपछि प्रभावित क्षेत्रका मानिसहरूको खोजी तथा उद्दार कार्य अघि बढाइसकेको छ । अधिकारीहरूले हरिद्वारसम्मको जिल्लाका मानिसहरूलाई सचेत गराएको छ ।

इन्डो(टिवेटियन बोर्डर पुलिसका सयौं अधिकारीलाई राइनी गाउँमा खटाइएको छ। बाढी पसेको त्यस गाउँको नदी छेउका घरहरू बगाएको र केहीले ज्यानसमेत गुमाएको हुनसक्ने आशंका गरिएको छ। ऋषिगंगा पावर प्रोजेक्टमा काम गरिरहेका १ सय ५० जना भन्दा बढीलाई बाढीले असर गरेको स्टेट डिजास्टर रेस्पोन्स फोर्सका डिआइजी रिधिम अग्रवालले बताए। समाचार संस्था एएनआईले चमोली जिल्लाका एक सयदेखि एक सय ५० जनाको मृत्यु भएको आशंका गरिएको जनाएको छ। चमोली जिल्लाका म्याजिस्ट्रेट स्वाती एस भदौरियाले धौलिगंगा नदी छेउ बस्नेलाई अन्तै लग्न अधिकारीहरूलाई निर्देशन दिएका छन्। राइनी गाउँ नजिकै हिमपहिरो गएपछि धौलीगंगा नदीमा पानीको सतह बढेको हो।

 

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤