ताजा समाचार

गैरअवासीय नेपाली संघ कतारद्वारा नेपाली श्रमिकलाई लक्षित गरि सचेतनातक कार्यक्रम २०२१ सप्पन्न

  • माघ १७, २०७७
  • १०३२ पटक पढिएको
  • रामएकवाल राम
alt

राम एकवाल दोहा कतार माघ १७- कतार सरकारले हालसालै बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक तथा कम्पनि परिवर्तन गर्न पाइने नयाँ नियमको बारेमा एनआरएनए कतारले सचेतनात्मक कार्यक्रम २०२१ शुक्रबार सफलता पुर्वक सम्पन्न गरेका छन।
कतारमा कार्यरत नेपाली श्रमिकहरुलाई नयाँ नियमको बारेमा जानकारी गराउनको निम्ति संघले भर्चुअल (जूम)माध्यमबाट सचेतनात्मक कार्यक्रमको आयोजना गरेको थियोे ।

केही समयअघि कतारले श्रमिकहरुकोे न्यूनतम पारिश्रमिक बढाएको घोषणा गरेको थियो। कतार सरकारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले श्रमिकहरुको न्यूनतम राष्ट्रिय ज्याला र कम्पनि परिवर्तन गर्ने सम्बन्धमा नयाँ कानून पारित गरेको थियो । नयाँ निर्णयसँगै श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर १ हजार रियाल पुर्याइएको छ । त्यस्तै खानाका लागि प्रति महिना थप ३ सय र आवासका लागि ५ सय रियाल दिनुपर्ने व्यवस्था गरिएको छ। खाना र आवाससहित श्रमिकहरुले न्यूनतम १ हजार ८ सय रियाल पाउने भएको छ।

यस्तै रोजगारदाता मन नपरेको अबस्थामा आप्रवासी श्रमिकहरुले बिना अनुमति रोजगारदात परिवर्तन गर्न पाउने व्यवस्था पनि गरिएकाे छ।अन्तरक्रियामा कतार सरकारको सम्बन्धित मन्त्रालयका जागरूकता मार्गदर्शन प्रमुख अली सलाह अल खलाफ प्रमुख अतिथि कतारस्थित नेपाली दूतावासका श्रम कन्सुलर श्रीकृष्ण प्रसाद खनाल,आईसीसी अग्रजहरु वैचारिक संघ संस्थाका प्रमुख ज्यूहरु पत्रकार ज्यूहरु समाजिक एवम् धार्मिक संघ संस्थाका प्रमुख ज्यूहरु प्रादेशिक तथा जिल्ला संघ संस्थाका प्रतिनिधिहरु समाजसेवी व्यवसायी तथा समाजका अगुवा साथीहरू कार्यसमितिका सम्पूर्ण पदाधिकारी एव सदस्यहरु तथा नेपाली दाजु भाइ एव दिदीबहिनीहरु लगायत पञ्जिकृत सदस्यहरुको उपस्थिति रहेको अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी गराउनु भयो ।

यस कार्यक्रमलाई सफल बनाउनको निम्ति सहभागी हुनु भएका सम्पूर्ण सहभागीहरुलाई उहाँले हार्दिक अभार प्रकट गरेका छन ।साथै यस विषयमा केही अझै नजानेका कुराहरू एनआरएनए एनसीसी कतारको अधिकारिक ईमेलमा आफ्नो जिज्ञासा् पठाउन अनुरोध समेत गरेका छन।यहाँहरुले राखेको जिज्ञासा् सम्बन्धित मन्त्रालयबाट जानकारी लिएर उत्तर दिने बताउनु भयो।

कतारमा करिव ४ लाखको हाराहारीमा नेपालीहरु कार्यरत छन् । नयाँ नियमको बारेमा जानकारी गराउन आयोजना गरिएको उक्त कार्यक्रम नेपाली श्रमिकहरका लागि निकै महत्वपूर्ण रहेको एनआरएनए कतारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤