Siraha Times
ताजा समाचार

गैरअवासिय नेपाली संघ कतारद्वारा नेपाली श्रमिकलाई लक्षित गरि सचेतनात्मक कार्यक्रम हुदै

  • माघ ११, २०७७
  • ९९९ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम - दोहा (कतार) माघ ११ - गैर अवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा आउदो शुक्रवार दिउसो २ बजे देखि अनलाइन मार्फत (जुम भर्चुअल ) सचेतनात्मक कार्यक्रम हुने भएको छ। कतार सरकारले हालसालै बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक तथा कम्पनी परिवर्तन गर्न पाईने नयाँ नियमको बारेमा कतार सरकारको प्रशासनिक विकास श्रम र समाजिक मामिला मन्त्रालयले नयाँ कानुन पारित गरेको थियो । नयाँ निर्णयसङ्गै श्रमिकको न्यूनतम पारिश्रमिक १ हजार खानाको लागि थप ३सय र अवासका लागि ५ सय रियाल दिनुपर्ने व्यवस्था गरिएको छ।

एनआरएनए कतारको समन्वयमा कतारमा स्थापित विभिन्न संघ संस्थाको उपस्थितिमा सचेतनात्मक कार्यक्रम गर्न लागेको संघका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए। उनका अनुसार नयाँ श्रमिक कानुन सम्बन्धि केही जिज्ञासा् एव प्रश्न भएमा कार्यक्रम सत्र पहिले नै एनसीसी कतारद्वारा संकलन गरि कतारी सरकारको संबंधित अधिकारीहरु समक्ष जानकारी गराईने निर्देशन अनुसार यहाँहरुमा प्रष्ट हुनुपर्ने विषयमा आफ्नो जिज्ञासा् एव प्रश्नहरु २७ जनवरी २०२१ सम्म एनसीसी कतारको ईमेल [email protected] मा पठाउनुहुन समेत अनुरोध गरेका छन।
कार्यक्रममा सहभागिताको लागि तल उल्लेखित मिटिङ्ग आईडी र पासकोड प्रयोग गरि Link Login गर्नुहुन अनुरोध गरेका छन।

Join Zoom Meeting
https://us02web.zoom.us/j/4240595332?pwd=dDNwVW0yVFpaaW5hbFkzbFJ4RjByQT09

Meeting ID: 424 059 5332
Passcode: 2021

प्रतिक्रिया दिनुहोस

सिरहाको हकपारामा बृह ...

रहमुल लहान, असार १३। जिल्ला समन्वय समिति (जिसस) सिरहाका प्रमुख दिनेश महतोको प्रमुख आतिथ्यमा सिरहा से ...

नेशनल मेडिकल कलेजमा ...

रंजित चौरसिया, वीरगंज १२ असार। नेशनल मेडिकल कलेज, वीरगञ्जको आयोजनामा तथा इन्स्टिच्युट अफ मेडिसिन (आई ...

खडक नगरपालिकाद्वारा ...

ओम प्रकाश यादव लहान, असार १२ । सप्तरीको खडक नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनयापन सहज बनाउ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१