ताजा समाचार

मोदीले भने–भारतको नेभरहुड फस्टमा नेपाल पहिलो प्राथमिकतामा

  • वैशाख २८, २०७५
  • ११५६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

बैशाख २८ –भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले शुरु गरेको नेभरहुड फस्टमा नेपाललाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । उनले नेभर हुड फस्टका कारण आफू नेपाल भ्रमणमा आएको बताए । भारत जसरी तीब्र गतिमा विकास गरि रहेको छ त्यसरी नै नेपाल पनि अगाडि बढीरहेको उनले बताए । एक वर्षमा तीन स्तरको चुनाव सम्पन्न गर्नु नेपाल बधाईको पात्र रहेको बताए ।उनले सातवटै पदेशमा सरकार पनि गठन भएको र यसले नेपाललाई मात्र नभएर भारतलाई पनि गर्व लागेको बताए । नेपाल सामाजिक, आर्थिक समृद्धिका लागि नयाँ चरणमा प्रवेश गरेको उनले बताए । ‘जसरी म यहाँ पटक पटक आएको छु, त्यसरी दुई देशका जनता बेरोकटोक आउन पाउनुपर्छ ।’ उनले नेपालको राजनीतिक बुलेट छाडेर ब्यालेटमा आएको र युद्धको बाटो छाडेर बुद्धको बाटोमा लागेको प्रति खुशी पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤