बलात्कार पछि १२ बर्षिया बालिकालाई मट्टितेल छर्केर आगो लगाइयो

  • चैत १२, २०७४
  • ८८७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत १२ । भारतको आसाम राज्यको नगाँउमा पाँच कक्षामा पढ्ने एक १२ बर्षिय बालिकालाई सामुहिक बलात्कारपछि मट्टितेल छर्केर आगो लगाइएको  छ । बटदेबा थाना अन्तर्गत पर्ने लालंग गाउँमा भएको उक्त घटनामा संलग्न अभियुक्तहरुले पिडित बालिकालाई बलात्कार पछि आगो लगाई फरार भएका थिए पिडितको ९० प्रतिशत शरीर जलेको र उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बालिकाले अन्तिम शास फेर्नुअघि बलात्कारको बारेमा प्रहरीलाई जानकारी गराएकी थिईन ।प्रहरीले उक्त घटनामा संलग्न दुई अभियुक्तलाई पक्राउ गरिसकेको छ । ती दुबै अभियुक्त नाबालक रहेको पनि प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै अभियुक्तले आफ्नो अपराध स्विकार गरिसकेको प्रहरीले दावी गरेको छ । घटना पछि गाउँमा त्रास र आक्रोस फैलिएको कारण शुरक्षा ब्यवस्था कडा पारीएको छ ।घटनामा संलग्न प्रमुख अभियुक्त मानिएका जाकिर हुसैनको खोजी भइरहेको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सुरुङ्गामा ३ दिने नि ...

रहमुल,लहान १ पुस । सप्तरीको सुरुङ्गा नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पताल, लहानको प्राविधिक सहयोगम ...

जसपा नेपाल सिरहा क्ष ...

ओम प्रकाश यादव लहान पुस ०१ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहा जिल्ला निर्वाचन क्षेत्र नं. १ ...

लहान रा.उ.अस्पताल जग ...

लहान मंसिर २९ । लहानस्थित रामकुमार मुरारका–उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा अस्पता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१