जनकपुरधाम । पुस २६ गते । जिल्लाको सदरमुकाम गौर वडा नम्बर ४ गढवामा करिब ४० ‘डोम ’ परिवार बस्दछन् । छेउमै छ सदरमुकाम गौरको अति व्यस्त मानिने बिपी चोकको। त्यहाँ दर्जनौ चिया नास्ताको पसलहरू छन्। तर नजिकै बस्ने डोम समुदायकाका लागि ति होटलहरूमा चिया, खाजा र खाना खान अघोषित प्रतिबन्ध नै छ । उनीहरूलाई कथित तल्लो जातिको भनेर होटल भित्रै गएर खाना खान दिइदैन । ५० वर्षीय फेकु मलिक डोम भन्छन्, ‘छुवाछुत गरिन्छ । हामीलाई चिनेको होटलमा खाना खान दिइदैन । आपूmले बोकेर गएको भाँडोमा वा कागज र प्लास्टिकमा किनेर घरमै ल्याएर खानुपर्छ । अन्य जाति सरह टेबलमा बसेर खान पाउँदैनौ।’ उनले यसरी बोली रहँदा सोही टोलका २५ बर्षीय गिरधारी मलिक डोमले आक्रोशित हँुदै आपूmहरू बर्षौदेखि अपहेलित रहेको र अझै पनि सुधार हुन नसकेको गुनासो गरे। ‘हामी पढेलेखेका छैनौ, छोराछोरीले पनि पढ् नपाउने सम्भावना छैन, यो अपहेलना र अपमान अझै कायमै रहने छ’, उनको भनाई छ ।
माथिको अवस्था एक प्रतिनिधिमुलक घटना मात्रै हो। तराई मधेशका अधिकांश डोम र मुसहर बस्तीको अवस्था उस्तै छ । प्रायः गाउँबाट छुट्टिएको र डुवान प्रभावित सडकको किनार वा बाँसघारी नजिक डोम परिवारको वास हुन्छ । उनीहरूलाई कथित तल्लो जातको भनेर सामाजिक रुपमा अलग्गै पारिएको हुन्छ । राजदेवी नगरपालिका वार्ड नम्बर १ पथरा टोलमा करिब ११ ’डोम’ परिवारको बासस्थान छ । गौर पिपरा जोड्ने मुख्य सडक खण्डको किनारमा रहेको उक्त बस्ती बिद्यालय नजिकै भएपनि वस्तीका बाल बालिकाले बिद्यालयको मुख हेर्न पाएका छैनन्। ‘बिद्यालयमा पढाउने हैसियत छैन, कहिलेकाहीँ बालबालिका विद्यालयमा गए भने पनि शिक्षकबाट अपहेलित हुनु पर्छ’, स्थानीय बीरन्द्र मलिकले भने।
उनले वस्तीका बालबालिकाहरू बिद्यालय बन्द भएपछी खेल्न मात्रै बिद्यालयको चौरमा जाने गरेको बताए । ‘छोराछोरी पढाउने हाम्रो पनि इच्छा र रहर छ तर पढाइदिने कसले ? कहिले राम्रो कपडाको बहानामा त कहिले सरसफाइको बहानामा हाम्रो बालबालिकालाई बिद्यालयमा टिक्नै दिइदैन’, उनको आरोप रहेको छ । उनले पनि गढवाका फेकु मलिककै जस्तो होटेलमा बसेर खान सहज नरहको बताए । ‘कहिलेकाहीँ मात्रै हो हामी होटल जाने गरको े त्यो पनि चिनजानको होटेलमा बसेर खान सम्भव छैन,’ उनले थपे। उनले होटेल साहुहरू पनि स्थानीय अरु ग्राहकको डरले आपूmहरूलाई थाल वा प्लेटमा खान नदिएको दुःखेसो सुनाए । आपूmहरूलाई समाजले हेर्ने दृष्टिकोणमा कुनै परिवर्तन नआएको उनको भनाइ छ । राजदेवी नगरपालिकाकै वार्ड नम्बर ४ बागमती बाँध नजिकै एक अति बिपन्न दलित वस्ती रहेको छ । कथित तल्लो जातिको भंनिने हलखोर, दुसाध र चमार जातिको बसोबास रहेको सो वस्तीको समस्या भन्ने अलिक फरक छ । टोलकै बीचमा एउटा अब्यबस्थित दुई कोठे बिद्यालय भवन रहेको छ । सो बिद्यालयमा १०० भन्दा धेर बिद्यार्थीको ै नाम भर्ना पुस्तिकामा रहे पनि बिद्यालयमा पढाई हुँदैन । दुई कोठ्ठे भवनमा ५ कक्षा सम्मको पठन पाठन गराउनु पर्ने हुन्छ । शिक्षक समेत अपुग छ । बिद्यालय हुनु र नहुनुमा केही फरक नभएको सोही टोलका अर्ज‘न पासवानको भनाइ छ ।
सोही टोलमा घर भएका राजदेवी नगरपालिकामा कार्यरत वडा सचिव राम प्रवेश रामले दलितको पीडा राज्यको मुख्य मुद्दा बन्नै सकेको छैन भने कैयौ ब्यबस्थाहरू फेरिए, राना गए, पंचायत फालियो, बहुदल हुदै संघीय गणतन्त्रसम्म आइयो, अवस्था भन्ने जस्तको त्यस्तै छ । कहिले धारा छोएको नाउमा, कहिले मन्दिर पसेको नाउमा दलित माथिको सामाजिक अत्याचार जारी छ । सबैको रगत एउटै भएपनि आधुनिक संसारमा छुवाछुत हुनु दुर्भाग्य रहेको बताउदै दलित वस्तीहरूमा शिक्षाको लागि अझै बिशेष प्रयास आवश्यक रहेको उनको भनाइ छ । उनले दलितमा पनि डोम, मुसहर, हलखोर, चमार, दुसाध लगायतका जातिहरू अति शोषण र चरम अपमान खेप्नु परको े बताए । उनले दलितको हकमा राज्यको सार्थक उपस्थिति र हस्तक्षेप जरुरी रहेको पनि बताए । राजदेवी नगरपालिका ४ मा रहेको ब्राहम्ण टोलको ठीक पश्चिम दरको छाना भएको एक मात्र घर रहेको छ । सो घरमा बस्ने करिब ७० बर्षीय रमकलिया देवी डोम अझै पनि आफ्नो परम्परागत पेशामै सक्रिय छिन्। सभार टुडे एक्सप्रेस
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2024 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic