Siraha Times
ताजा समाचार

चार वर्षदेखि रोकिएको खुट्टीखोला सिँचाइ नहर सञ्चालनमा ल्याइने

  • साउन १५, २०८२
  • ९८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान साउन १५ । निर्माणपछि चार वर्षदेखि रोकिएको यहाँको लहानस्थित खुट्टी सिँचाइ नहर सञ्चालनमा ल्याइने भएको छ । करिब रु नौ करोड लागतमा ‘हेडवक्र्स’ निर्माण भइसकेको भए पनि बजेट अभाव, स्थानीय तहसँगको समन्वय नहुनु र विवादका कारण नहर सञ्चालन हुन सकेको थिएन । तर, हालै मधेस प्रदेश सरकारले विनियोजन गरेको रु १५ लाख बजेटले नहर सफाइ र सुधार गरी सञ्चालनमा ल्याइने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सिरहाले जनाएको छ।

खुट्टी नहरको स्थलगत अनुगमनका लागि बुधबार मधेस प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरी, जिल्ला समन्वय समिति सभापति दिनेश महतो, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय प्रमुख हस्मत अन्सारी, इलाका प्रशासन कार्यालय लहानका प्रमुख गोकर्णराज सुयल साथै प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीसहितको टोली पुगेको थियो । अनुगमन टोलीले अवलोकनपछि नहर छिट्टै सञ्चालनमा ल्याउन सबै सरोकारवाला निकायबिच सहमति भएको जानकारी गराएको छ ।

सिँचाइ विकास डिभिजनका प्रमुख हस्मत अन्सारीका अनुसार विगत तीन वर्षदेखि बजेट प्राप्त नभएकाले नहर सञ्चालन हुन सकेको थिएन । उनले भने, “नहर सञ्चालनका लागि अवरोधको पहिचान गरी निराकरण गर्ने उद्देश्यले हामी आज स्थलगत अनुगमनमा आएका थियौँ । अब यो ‘फास्ट ट्र्याक’मा काम गरी सञ्चालनमा ल्याइने छ ।”

सो आयोजनामार्फत लहान, सखुवानान्करकट्टी, भगवानपुर र लक्ष्मीपुर पतारीसहित चार वटा पालिकाको ९३५ बिघा खेतमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ । ‘हेडवक्र्स’ बनेपछि किसानमा उत्साह जागेको थियो । तर लामो समयसम्म नहर सञ्चालनमा कुनै तदारुकता नदेखिएपछि किसानले सङ्घर्ष समिति गठन गरेका थिए । किसानको दबाबपछि पुनः सञ्चालनको प्रक्रिया अघि बढाइएको हो । रासस

प्रतिक्रिया दिनुहोस

गोलबजारको गोला धमनी ...

​विनोद अविरल गोलबजार (सिराहा), १० जेठ । ​सिराहा जिल्लाको गोलबजार नगरपालिका वडा नं. ३, गोलास्थित ऐतिह ...

उपसभामुख ठाकुरको सलह ...

रहमुल, लहान, १० जेठ । नेपाल सरकारकी उपसभामुख रुबीकुमारी ठाकुर ले सिरहास्थित ऐतिहासिक तथा धार्मिक पर् ...

सप्तरीको सुरुङ्गा नग ...

लहान जेष्ठ १० । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. २ लाई औपचारिक रूपमा ‘बालमैत्री स्थानीय शास ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१