Siraha Times
ताजा समाचार

लहानको नहर अनुगमन सम्पन्न : सिंचाइ कार्यालयले उकास्का लागि सहयोग गर्ने प्रतिबद्धता

  • साउन १५, २०८२
  • ८१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान, साउन १५ । मधेस प्रदेशको लहान क्षेत्रमा सिँचाइको समस्या समाधान गर्न उच्चस्तरीय टोलीले नहर क्षेत्रको स्थलगत अनुगमन गरेको छ। प्रदेश सभा सदस्य माननीय राजेन्द्र चौधरीको नेतृत्वमा सम्पन्न उक्त अनुगमनमा जिल्ला समन्वय समिति (जिसस) सिरहाका प्रमुख दिनेश कुमार महतो, प्रमुख जिल्ला अधिकारी, सिरहा सिँचाइ डिभिजन कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख (एसपीहरू) तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

अनुगमन टोलीले लहान आसपासका नहरको अवस्था प्रत्यक्ष अवलोकन गर्दै सिँचाइ अवरुद्ध भएको क्षेत्रको पहिचान तथा समस्या समाधानका उपायहरूमा छलफल गरेको थियो। जिसस सिरहा सचिवालयका अनुसार अनुगमनपछि सिँचाइ कार्यालयले नहर उकास्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। सिँचाइ सुविधा अभावका कारण खाद्य संकट उत्पन्न हुन सक्ने अवस्था रहेकाले अब समन्वयमा सिँचाइको सहजता सुनिश्चित गरिने जनाएको छ।

 सुख्खा क्षेत्र घोषणा भइसकेको मधेस प्रदेशमा सिँचाइ नहुँदा कृषकहरूको अवस्था नाजुक भएको बताए। प्रदेश सरकारले राहत प्याकेज ल्याउनु सकारात्मक भए पनि दुई बिगाहा जग्गासम्म सीमित गरिएको नीतिले साना तथा मझौला कृषकलाई न्याय दिन नसक्ने भन्दै यसबारे पुनर्विचार आवश्यक रहेको उल्लेख गरियो।

नेताहरूले किसानको नाममा राजनीति नगरिए पनि, कृषिको हितमा राजनीतिक पहल जरुरी भएको बताएका छन्। "कृषि बाहेक देशमा दीगो समाधानको विकल्प छैन," भन्दै उनीहरूले हरेक निकाय, संस्था र नेताको ध्यान यसतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए। नहर उकासेर सिँचाइ सुविधा पुनःस्थापना गर्न सके मात्र खाद्य संकटबाट जोगिन सकिने भन्दै संयुक्त प्रयासमार्फत समाधान खोज्न सबै पक्षलाई आह्वान गरिएको छ।

सरकार, प्रशासन र सम्बन्धित निकायहरूबीचको समन्वयमा अबका दिनमा नहरको नियमित सफाइ, मर्मत तथा सञ्चालनका कार्यक्रम अघि बढाइने सहमति बनाइएको छ। कृषकको जीवनस्तर उकास्न सिँचाइ पूर्वाधारको सुधारलाई तत्काल प्राथमिकतामा राख्नुपर्ने निष्कर्षसहित अनुगमन सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस

नवराजपुरका भूमिहीन द ...

जेठ २७ । भूमिहीन दलित परिवारलाई लिजमा लिइएको जग्गामा खेतीपाती गर्न हाते ट्याक्टर उपलब्ध गराइएको छ। प ...

गोलबजारमा किशोरी सञ् ...

सिरहाटाइम्स जेठ २७ । गोलबजार नगरपालिकामा बालविवाह रोकथाम, किशोरीको शिक्षा, सुरक्षा, स्वास्थ्य र सशक् ...

मधेसी समुदायमा नेतृत ...

रहमुल,लहान, २७ जेठ । मधेसी समुदायको हक, अधिकार तथा समग्र सशक्तीकरणलाई केन्द्रमा राख्दै मधेसी आयोगले ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१