रविदास समाज सेवा कतारद्वारा सुरेश महरा बचाउ अभियान तथा शुभकामना अदान प्रदान सप्पन्न

  • पुस १८, २०७७
  • ८०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम दोहा (कतार) रविदास समाज सेवा प्रवास कमिटी कतारद्वारा शुक्रबार सुरेश महरा र रामउदगार महरा बचाउ अभियान तथा शुभकामना अदान प्रदान कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेका छन। दोहा कतारको एसियन टाउन स्थित ग्राण्ड मल्लमा भएको सो कार्यक्रममा महोत्तरी जिल्ला बर्दिवास नगरपालिका वाडा न.-९ निवासी मृगौला पीडित सुरेश महरा तथा सिरहा गोलबजार नगरपालिका निपनिया निवासी एक पिडित रामउदगार महराको लागि रविदास समाज सेवा कतारको पहलमा संकलन भएको रकम १०८१कतरि रियाल तथा संस्थाबाट थप ६०० कतरी रियाल गरि १६८१ कतरि रियाल पठाउने निर्णय गरेको संस्थाका अध्यक्ष पाण्ड महराले बताउनु भयो। उनका अनुसार सो रकम ३/४ दिन भित्रमा पीडित समक्ष पुर्याउने अध्यक्ष महराले बताउनु भयो।सो कार्यक्रममा अङ्ग्रेजी नयाँ वर्ष २०२१ को सुखद अवसरमा एक आपसमा मिठाइ खुवाई शुभकामना अदान प्रदान गरेका थिए। कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्न कतार सरकारले लगाएको नियमलाई पालन गरी आयोजना गरिएको कार्यक्रममा रविदास समाज सेवा कतारका सल्लाहकार दिपेन्द्र कुमार महरा लालबाबु राम प्रमोद महरा सह संयोजक किर्ते महरा सचीव श्री नारायण राम सह सचिव रामउदगार राम लगाएत २५जना भन्दा बढिको उपस्थीति रहेको अध्यक्ष महराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सुरुङ्गामा ३ दिने नि ...

रहमुल,लहान १ पुस । सप्तरीको सुरुङ्गा नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पताल, लहानको प्राविधिक सहयोगम ...

जसपा नेपाल सिरहा क्ष ...

ओम प्रकाश यादव लहान पुस ०१ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहा जिल्ला निर्वाचन क्षेत्र नं. १ ...

लहान रा.उ.अस्पताल जग ...

लहान मंसिर २९ । लहानस्थित रामकुमार मुरारका–उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा अस्पता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१