Siraha Times
ताजा समाचार

एनआरएनए कतारद्वारा २३ औ चरणको खादयान्न राहत वितरण सप्पन्न फोटो सहित

  • पुस १२, २०७७
  • ८१५ पटक पढिएको
  • रामएकवाल राम
alt

दोहा कतार, गैर आवासिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद क़तारद्वारा २३ औ चरणको राहत बितरण कार्यक्रम शनिबार सम्पन्न गरेका छन्।

विश्वब्यापी रुपमा देखा परेको करोना भाइरस (कोभिड १९) नियन्त्रणका क्रममा कतार सरकारको प्रराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय तथा गृह मन्त्रालयको निर्णय अनुसार क़तार च्यारेटि मार्फ़त प्राप्त खाद्यान्न सामाग्री, क़तारमा स्थापित विभिन्न नेपाली संघ -संस्थाहरूबाट प्राप्त उद्दार तथा राहत समितिमा आएका समस्याको विवरण अनुसार गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारद्वारा गठित उद्दार तथा राहत बितरण समितीले १० अक्टोबर२०२० देखि २६ डिसेम्बर २०२० का दिनसम्म २३ औं चरणमा विभिन्न संघ सस्थाहरुबाट प्राप्त विवरण र उद्धार तथा राहत समितिमा आएका खाद्यान्नको समस्याको विवरण अनुसार ४८९ जना पीडित नेपालि श्रमिकहरुलाई खाद्यान्नको प्याकेज बाडिएको छ।

No description available.

यो सँगै हाल सम्म कुल ८,४२३ जना पीडित नेपाली श्रमिकहरुलाई खाद्यान्न बाडिएको एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए।

No description available.

यस विषम परिस्थितिमा कतार सरकारले आफ़्नो नागरिक र आप्रवासी नागरिक सबैका लागि सम्मान ब्यहार गर्दै उच्च स्वास्थ्य सतर्कता तथा रोकथामको लागि विभिन्न सावधानीहरू अपनाएको छ। यस सतर्कता तथा सावधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका केही नेपाली दाजुभाई तथा दिदिबहिनीहरूलाई देखा परेका समस्याहरुको समाधानका निम्ति एनआरएनए कतारले नेपाली श्रमिक हरूलाई खाद्यान्नसहित राहत प्याकेज बितरण गरिएको एनआरएनए कतारका अध्यक्ष मुक्तदाले जानकारी गराए।

No description available.

यस राहत बितरणका लागि दुतावास परिवार, आईसीसी प्रतिनिधिहरू, एनसीसी प्रतिनिधिहरू, उद्दार तथा राहत वितरण समितिहरु तथा सदस्यहरू, पत्रकारहरू तथा सम्पूर्ण स्वंयमसेवक सदस्यहरू सहभागी रहेका थिए। यस कार्यमा सहभागी सम्पूर्णलाई अध्यक्षले मोक्तदाले धन्यवाद व्यक्त गरेका छ्न्।

प्रतिक्रिया दिनुहोस

प्यारागन पब्लिक स्कु ...

ओम प्रकाश यादव लहान, साउन २८ । विद्यार्थीलाई समयानुकूल, व्यवहारिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने ...

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१