Siraha Times
ताजा समाचार

रविदास समाज सेवा कतारद्वारा भेटघाट तथा मासिक बैठक सम्पन्न।

  • पुस ५, २०७७
  • ८५५ पटक पढिएको
  • रामएकवाल राम
alt

 दोहा कतार ०७ मंसिर
रविदास समाज सेवा कतार प्रवास कमिटी कतार शाखाद्वारा शुक्रबार कतारको राष्ट्रिय दिवसको अवसरमा भेटघाट तथा संस्थाको दोस्रो मासिक भेला बैठक सम्पन्न गरेका छन।
 
एसियन टाउन स्थित ग्राण्ड मल्लमा उपस्थित सो कार्यक्रममा बोल्दै समाजका सल्लाहकार दिपेन्द्र कुमार महराले हामी प्रवासमा भए पनि हामी आफ्नो समुदायलाई अशिक्षित हुन्न दिन्नौ सबैलाई शिक्षित बनाउनु पर्छ शिक्षाबाट बन्चित भएका सम्पूर्ण बालबालिकाहरु तथा अति बिपन्न परिवारका विद्यार्थीहरुलाई हामी यस संस्थाबाट सहयोग गर्नुपर्छ भन्दै बताउनुभयो ।
कार्यक्रम एव समाजका अध्यक्ष पाडव महराले हाम्रो समाजलाई दहेज प्रथा जस्तो विकृतिलाई न्यूनीकरण मात्रै नभैइ जरै देखि हटाउनु पर्छ जस्ता कार्यमा हाम्रो संस्था हरेक ठाउँ र समयमा तयार रहने बतानुभयो।
 
नेपालमा दलितहरु समुदायहरुको जनसंख्या बढि रहेपनि राजनितिक , समाजिक , आर्थिक रुपमा राज्यले अत्यन्त विभेद गरकोले सारा दलित समुदाय एक भएमा मात्रै मुक्ति हुने समाजका सह संयोजक किर्ते महराले बताएका थिए । नेपालमा सबै भन्दा बढि हेप्पिएका , बिभेदमा पारिएका चमार , डोम , मुसहर समुदायहरुलाई राज्यले अधिकार दिन सक्ने र विभेदको अन्त्य समेत गर्न सक्ने महराको भनाई थियो ।
 
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड -१९ को रोकथाम तथा नियन्त्रण गर्न कतार सरकारले लगाएको नियमलाई पालना गरि आयोजना गरिएको सो कार्यक्रममा उपस्थित सबैले महोत्तरी घर भएका किडनीबाट पीडित सुरेश महरा र सिरहा गोलबजारका रामउदगार महराको बचाउ अभियानमा पनि हामी सबै सहयोग गर्नुपर्ने तथा यस अभियानमा कतारमा रहेका विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्न समेत आग्रह गरेका छन।
 
 
रविदास समाज सेवा कतारका संयोजक रामएकवाल रामको नेतृत्वमा कतार टीमका उपाध्यक्ष जगरनाथ राम सचीव श्री नारायण राम सह सचिव रामउदगार राम कोषाध्यक्ष लक्ष्मी राम सदस्य राजाराम महरा शिवनाथ राम कृष्ण महरा प्रमोद महरा रामखेलावन राम सुरेन्द्र महरा विष्णुदेव महरा सन्जिव महरा राजिव हरिजन श्री प्रसाद राम रन्जित महरा दिलिप महरा रामपुकार महरा रामप्रसाद राम लगायत ३० जना भन्दा बढीको उपस्थितमा कार्यक्रम समापन गरेका थिए ।
 
 
 
 
 
 
 
 

प्रतिक्रिया दिनुहोस

प्यारागन पब्लिक स्कु ...

ओम प्रकाश यादव लहान, साउन २८ । विद्यार्थीलाई समयानुकूल, व्यवहारिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने ...

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१