Siraha Times
ताजा समाचार

गैर अवासिय नेपाली संघद्वारा स्थापना गरिएको Covid-19 Relife Fund मा रु.९ लाख जम्मा

  • मंसिर २९, २०७७
  • ११५८ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम २९ मंसिर दोहा कतार-गैर आवासीय नेपाली संघ द्वारा स्थापित “कोभिड – १९ रिलाइफ फण्डमा” एनआरएनए कतारले नेपाली रु. ९ लाख रुपैयाँ जम्मा गरिसकेको गैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले बताउनु भएको छ।

अध्यक्ष मुसलमानका अनुसार बिगत एक वर्षदेखि यता विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ को असामान्य परिस्थितिका कारण कतारमा कार्यरत केहि आप्रवासी नेपाली दाजु भाई तथा दीदी बहिनीहरूले रोजीरोटी गुमाए त कतिको जागीर धरापमा परेको थियो। 
कोरोना सबैका लागि चुनौतीपूर्ण रहयो यद्यपि यहाँको हकमा भने कतार सरकारको उच्च सतर्कता, स्वास्थ सुरक्षा प्रणालीमा उच्च व्यवस्थापन, त्यस्तैगरी कतार च्यारिटी, रेडक्रेस अन्य निकायले पुर्‍याएको सहयोग र सद्भाव अतुलनीय रहेको र यसप्रती नेपाली समुदायले सदैव सम्मान गर्नै पर्दछ भन्दै अर्को पाटोतिर फर्केर हेर्दा यहाँ कतारमा सुरक्षित रह्यौं, तर स्वदेश तर्फ फर्केर हेर्दा कोरनाका कारण अनेकौं समस्या झेल्नु परेको पीडाहरु घाम जतिकै छर्लङ्ग छ।

मुलुकमा सिमित स्रोत र साधन असिमित रहर र आकांक्षा बिचलाई मध्यनजर गरि यस बिपतको घडीमा नेपालमा रहेका नेपाली नागरिकहरुलाई आवस्यक सहयोग पुर्‍याउने हेतुले गैर आवसिय नेपाली संघद्वारा खडा गरिएको “कोभिड १९ रिलाइफ फण्डमा” गैरआवासीय नेपाली संघ कतारले नेपाली रु ९ लाख रुपैयाँ जम्मा गरिसकेको सम्बन्धित सबैमा जानकारी गराउँदै यस अभियानमा सहयोग गर्ने सहयोगी दाताहरुप्रती उहाँले हार्दिक आभार प्रकट गर्नु भएका छन्।

विभिन्न चरणको राहत बाँड्ने क्रममा एनसीसी कतारले गत ८ डिसेम्बरमा कतार च्यारिटी मार्फत गरि परिवार सदस्यको आधारमा ३३ नेपालि परिवारलाई १३२ फुडकीट हस्तान्तरण गरिसकेको र बाँकी रहेकाहरुलाई  यहि डिसेम्बर १५ तारिख हस्तान्तरण गर्ने तयारी भैरहेको साथै सहयोगका लागि विवरण दिएको तर फुडकीट प्राप्त नगरेको यदि कोहि नेपाली परिवार भएमा एनसीसी कतारमा तुरुन्तै सम्पर्क गर्न समेत हार्दिक अनुरोध गर्नु भएको छ।
कोरोना कहरको बीचमा गैर आवासीय नेपाली संघ कतारले विभिन्न संघ-संस्थाहरुको समन्वयमा आप्रवासी नेपालीहरुलाई विभिन्न चरणमा राहत वितरण, निशुल्क हवाई टिकट उपलब्ध अन्य विविध सामाजिक कार्यमा पुर्‍याएका सहयोग,सद्भाव,सहकार्य, सराहनीय छ।

प्रतिक्रिया दिनुहोस

प्यारागन पब्लिक स्कु ...

ओम प्रकाश यादव लहान, साउन २८ । विद्यार्थीलाई समयानुकूल, व्यवहारिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने ...

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१