Siraha Times
ताजा समाचार

कतार च्यारिटीको सहयोगमा ३३ नेपाली परिवारलाई १३२ फुडकीट हस्तान्तरण, समस्यामा परे एनसिसी कतारमा सम्पर्क गर्न आग्रह (सूचनासहित)

  • मंसिर २४, २०७७
  • १८७७ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम २४ मंसिर दोहा ( कतार) गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतार (एनआरएनए एनसीसी ) ले कतार च्यारिटीको सहयोगमा ३३ नेपाली परिवारलाई १३२ फुडकीट हस्तान्तरण गरेको NRNA कतारको अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिएको छ । एनसिसी कतारले कोही नेपाली समस्यामा परेका भए एनसिसी कतारमा सम्पर्क गर्न आग्रहसमेत समेत गरेको छ ।

सूचना -कतारमा स्थापित सम्पूर्ण संघ संस्था प्रमुख ज्यु तथा प्रतिनिधि ज्यूहरू, पत्रकार ज्युहरू, सम्पूर्ण दाजुभाई तथा दीदी वहिनीहरूमा अस्सालमोआलैकुम नमस्कार!

विषय: जानकारी सम्बन्धमा।

मिति २० नोभेम्बर २०२० मा एनसीसी कतार द्वारा जारी गरिएको सुचना अनुसार कतार च्यारिटी द्वारा नेपाली समुदायका परिवारहरुलाई खाद्यान्न (फुडकिट) सहयोग गर्नका लागि विवरण माग भए बमोजिम एनसीसी कतार मार्फत नेपाली परिवारहरुको विवरण संकलन गरि कतार च्यारिटीमा बुझाइएको थियो। उक्त बिबरण अनुसार कतार च्यारिटी स्वयंले सम्पर्क गरि परिवार सदस्यको आधारमा ३३ नेपालि परिवारलाई १३२ फुडकीट हस्तान्तरण गरिसकेको सबैमा जानकारी गराउदछौ।

साथै सहयोगका लागि विवरण दिएको तर फुडकीट प्राप्त नगरेका कोहि नेपाली परिवार हुनुहुन्छ भने एनसीसी कतारमा सम्पर्क गरि तल उल्लेखित मिति,स्थान र समयमा उपस्थित भई सहयोग संकलन गरिदिन सबैमा अनुरोध गर्दछौ।

मिति: १३ डिसेम्बर २०२०, आइतबार

समय: दिनको ३ बजे देखि ५:३० बजे सम्म

स्थान: अल अहलि स्पोर्ट्स कल्ब दोहा

मोहम्मद मुक्तदा मुसलमान अध्यक्ष गैर आवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतार

प्रतिक्रिया दिनुहोस

प्यारागन पब्लिक स्कु ...

ओम प्रकाश यादव लहान, साउन २८ । विद्यार्थीलाई समयानुकूल, व्यवहारिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने ...

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१