ताजा समाचार

नेपाल रजक सेवा समाज कतारद्वारा शुभकामना तथा सधारण सभा सम्पन्न 

  • मंसिर ६, २०७७
  • १२५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम दोहा कतार ०६ मंसिर  विभिन्न उदेश्य का साथ स्थापित गरिएका नेपाल रजक सेवा समाज कतारको साधारण सभा तथा शुभकामना अदान प्रदान कार्यक्रम सप्पन्न गरेका छन।
शनिबार दोहा कतारको एसियन टाउन स्थित ग्राण्ड मल्लमा बिभिन्न्न क्षेत्र बाट आएका नेपाल रजक सेवा समाज का बुद्धिजीवी , समाज सेवी तथा युवाहरु को सक्रिय उपस्थितिमा छठ पर्वको शुभकामना अदान प्रदान तथा विभिन्न बिषयहरु - समाज को सांगठनिक प्रक्रिया अन्तर्गत जिल्ला सम्मेलन तथा आर्थिक कोष सम्बन्धी छलफल गरेका छन।
बैठकमा सहभागी समाज सेवीहरुलाई नेपाल रजक सेवा समाज अंकित टि- शर्ट वितरणका साथै समाज भित्र विभिन्न किसिम का समस्या हरु:- दहेज प्रथा, बालविवाह , अशिक्षा तथा गरिबी निवारण जस्ता समस्याहरु प्रति लक्षित बिषयहरुमा समाज का सल्लाहकार अध्यक्ष उपाध्यक्ष महासचिव कोषाध्यक्ष लगायत बैठक मा उपस्थित सम्पुर्ण समाजसेवीहरु आ- आफ्नो धारणा राखेका थिए।
सेवा नै धर्म हो मुल नाराका साथ सभामा उपस्थित भएका साथ साथै समाज को आर्थिक कोष, संगठन बिस्तार, अनुशासन र अगामी योजना सम्बन्धी छलफल गरि निर्णय समेत गरेको संचालक एव समाजका महासचिव नर्सिङ रजकले जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤