Siraha Times
ताजा समाचार

बिहारमा ‘एनडीए’को स्पष्ट बहुमत, फेरी मुख्यमंत्री बन्दै नीतीश कुमार !

  • कार्तिक २६, २०७७
  • १५३१ पटक पढिएको
  • रामएकवाल राम
alt

एजेन्सी : बिहारमा भएको विधानसभा निर्वाचनमा राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए)ले स्पष्ट बहुमत हासिल गरेको छ । बिहारका मतदाताले तेजस्वी यादवको युवा नेतृत्वको विपक्षी गठबन्धनलाई पत्याएनन् । जनता प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री नीतीश कुमार नेतृत्वको एनडीएलाई रुचाएका हुन्। मंगलवार अबेर राति सकिएको मतगणना अनुसार २४३ सिटमा आएको परिणाममा सत्तारुढ गठबन्धनले १२५ सिटसहित बहुमत हासिल गरेको हो । राष्ट्रिय जनता दल नेतृत्वको विपक्षी महागठबन्धनले ११० सिटमात्रै जितेको छ । यो निर्वाचनमा एआईएमआईएमले ५ सिट, लोजपा र बसपाले एक एक सिट जितेका छन् भने एक सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यस पटक पनि भारतीय मिडियाले बिहारमा गरिएको मत सर्वेक्षण असफल सावित भएको छ । निर्वाचन आयोगका अनुसार सत्तारुढ एनडीएमा रहेको भाजपाले ७४ सिट, जनता दल युनाइटेडले ४३ सिट, विकासशील इन्सान पार्टी (भीआईपी) ले चार र हिन्दुस्तानी अवाम मोर्चाले चार सिटमा जीत हासिल गरेको छ । विपक्षी महागठबन्धनमा रहेको राष्ट्रिय जनता दलले ७५ सिट, कांग्रेसले १९, भाकपा र माकपाले २-२ सिट जितेका छन् । एनडीएले नीतीश कुमार नेतृत्वका निर्वाचन लडेपनि उनको जनता दल युनाइटेडले अघिल्लो विधानसभा निर्वाचनको तुलनामा २८ सिट कम जितेको छ । मत प्रतिशत घट्नुका बावजुद भाजपाको सिट बढेको छ । राजद ७५ सिट जितेर बिहारको सबैभन्दा ठूलो पार्टी बनेको छ । राजदका सहयागी वाम पार्टीलाई फाइदा भएको छ भने कांग्रेसलाई क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

प्यारागन पब्लिक स्कु ...

ओम प्रकाश यादव लहान, साउन २८ । विद्यार्थीलाई समयानुकूल, व्यवहारिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने ...

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१