रविदास समाज सेवा कतारद्वारा भेटघाट तथा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न ।

  • कार्तिक २२, २०७७
  • १६५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम दोहा (कतार) रविदास समाज सेवा कतार प्रवास कमिटी कतार शाखाले शुक्रबार  भेटघाट तथा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेका छन।दोहाको एसियन टाउन स्थित ग्राण्ड मल्लमा शुभकामना अदान प्रदान कार्यक्रम गरेका छन। हामी प्रवासमा भए पनि आफ्नो धर्म र संस्कृतिलाई लोप हुन दिदैनौ जोगाउनु पर्छ भन्दै समाजका सल्लाहकार दिपेन्द्र रामले भन्नुभयो।कार्यक्रम एव समाजका अध्यक्ष पाडव महराले हिन्दु धर्मावलम्बीले मनाउने महत्त्वपुर्ण पर्व दिपावली तथा छठको शुभ अवसरमा अग्रिम शुभकामना व्यक्त गर्नु भएको छ।सचिब श्रीनारायण रामले स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदीबहिनीहरुलाई शुभकामना व्यक्त गर्नुभएको छ। समाजका सह संयोजक किर्ते महराले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड -१९ को मध्य नजर गर्दै सुरक्षित रहि भिड्भाड नगरी समाजिक दुरि कायम गरि एवम सरकारले दिएको निर्देशन पालना गरि दिपावली तथा छठ पर्व मनाउन प्रवासबाट सम्पूर्णमा शुभकामना सहित अनुरोध समेत गरेका छन। विभिन्न कम्पनीबाट आएका कार्यक्रममा उपस्थित ५२ जनाको सहभागीतामा उक्त कार्यक्रममा आ-आफ्नो शुभकामना अदान प्रदान गरेको समाजका उपाध्यक्ष जगररनाथ रामले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस

स्नेह वृद्धा आश्रम ल ...

लहान, पुस १३ । सिरहा जिल्लाको लहानमा रहेको स्नेह वृद्धा आश्रम लहानको बैठक आश्रमकी अध्यक्ष रिता कुमार ...

युवा नेता दुबेले गरे ...

कलैया १३ पौष। कलैया उप–महानगरपालिका वडा नम्बर ५ मा अवस्थित द रोयल कटेजलको शनिबार एक विशेष समार ...

लहान नगरपालिकाद्वारा ...

ओम प्रकाश यादव लहान, पुष १३ । मधेश प्रदेशमा चिसो बढ्दै गएपछि लहान नगरपालिकाले दलित तथा विपन्न समुदाय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१