NRNA कतारले श्रमिकहरुको न्युनतम् ज्याला र कम्पनी परिवर्तन गर्नेबारे जुम मिटिङ सफलता पुर्वक सप्पन्न

  • कार्तिक २२, २०७७
  • ७२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राम एकवाल ,दोहा कतार  नोभेम्बर ७ । कतार सरकारले हालसालै बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक तथा कम्पनि परिवर्तन गर्न पाइने नयाँ नियमको बारेमा एनआरएनए कतारले सचेतनात्मक कार्यक्रम २०२० शुक्रबार सफलता पुर्वक सम्पन्न गरेका छन। कतारमा कार्यरत नेपाली श्रमिकहरुलाई नयाँ नियमको बारेमा जानकारी गराउनको निम्ति संघले भर्चुअल (जूम)माध्यमबाट सचेतनात्मक कार्यक्रमको आयोजना गरेको थियोे st।

केही समयअघि कतारले श्रमिकहरुकोे न्यूनतम पारिश्रमिक बढाएको घोषणा गरेको थियो st। कतार सरकारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले श्रमिकहरुको न्यूनतम राष्ट्रिय ज्याला र कम्पनि परिवर्तन गर्ने सम्बन्धमा नयाँ कानून पारित गरेको थियो । नयाँ निर्णयसँगै श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर १ हजार रियाल पुर्याइएको छ st। त्यस्तै खानाका लागि प्रति महिना थप ३ सय र आवासका लागि ५ सय रियाल दिनुपर्ने व्यवस्था गरिएको छ।st खाना र आवाससहित श्रमिकहरुले न्यूनतम १ हजार ८ सय रियाल पाउनु हुनेछst।

यस्तै रोजगारदाता मन नपरेको अबस्थामा आप्रवासी श्रमिकहरुले बिना अनुमति रोजगारदात परिवर्तन गर्न पाउने व्यवस्था पनि गरिएकाे छ।अन्तरक्रियामा कतार सरकारको सम्बन्धित मन्त्रालयका रोजगार खण्डको स्थानान्तरण प्रमुख यूसुफ अली अब्दुलनूर, कतारस्थित नेपाली दूतावासका श्रम परामर्शदाता श्रीकृष्ण प्रसाद खनाल, जागरूकता मार्गदर्शन प्रमुख अली सलाह अल खलाफ र श्रम संगठन श्रम सम्बन्ध विभागका निरीक्षण शाखा प्रमुख मोहम्मद सईद अल मारारीको उपस्थिति रहेको थियो st।

कतारमा करिव ४ लाखको हाराहारीमा नेपालीहरु कार्यरत छन् । नयाँ नियमको बारेमा जानकारी गराउन आयोजना गरिएको उक्त कार्यक्रम नेपाली श्रमिकहरका लागि निकै महत्वपूर्ण रहेको एनआरएनए कतारले जनाएको छ st।

कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख कतारवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले Zoom बाट अनलाइन बैठकमा सहभागीता भएको NRNA कतारको अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी गराएका हुन st।
यस्तै एनआरएनए आईसीसी सचिव आरके शर्मा, एनआरएनए मध्यपूर्ब संयोजक प्रविण गुरूङ, एनआरएनए आईसीसी सल्लाहकार टीबी कार्की, एनआरएनए मध्यपूर्ब युवा संयोजक राज रेग्मी, सरिता भण्डारी,तथा प्रवासी नेपाली एकता मन्चका, अध्यक्ष चानक पोखरेल लगायतको उपस्थिती रहेको थियो ।नयाँ श्रम कानुनबारे जिज्ञासा भए एनआरएनए एनसीसी कतारको आधिकारिक इमेलमा पठाउन सकिने र त्यसबारे जानकारी दिइने बताइएको छ  st।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले विग ...

ओमप्रकाश यादव, लहान जेठ २४ ।  लहान नगरपालिकाले विगत तीन वर्षको कार्यकालमा शिक्षा, स्वास्थ्य, कृ ...

डाक्नेश्वरी नगरपालिक ...

राशिन्द्र यादव, सप्तरी जेठ२४ । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिकामा, शिक्षा शाखाको विशे ...

उपेन्द्र यादवद्वारा ...

जनकपुरधाम, जेठ/२३ । जनता समाजवादी पार्टी, नेपाल कपिलबस्तु कार्यसमितिको एकताको प्रथम जिल्ला अधिव ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१