Siraha Times
ताजा समाचार

नेपालको गैंडा चिनलाई उपहार दिन ८० जनाको टोली जंगलमा

  • वैशाख १६, २०७५
  • १२०९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

बैशाख १६ । चीनलाई उपहारस्वरुप पठाउने भिनिएको गैंडालाई नियन्त्रण गरेर बोमामा राखिएको छ । चितवन राष्ट्रिय निकुञ्जको खोरियामुहान क्षेत्रमा भेटिएको गैंडाको बच्चालाई शनिवार राती नै सौराहा ल्याइएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा निमार्ण गरिएको ‘पिट बोमा’ मा राखिएको छ । अन्दाजी डेढ देखि दुई वर्षको भाले गैंडालाई डाट गरेर नियन्त्रणमा लिइएको छ ।

चीन पठाउनु अघि जंगलबाट ल्याएको गैंडालाई बोमामा राखेर मानिससँग घुलमिल हुन सिकाइन्छ । मानिसको ब्यवहारसँग नजिक बनाउँदै ‘पिट बोमा’ बाट  बोमामा सारिन्छ । पूर्ण रुपमालान सकिने भएपछि मात्रै चीन पठाइने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले बताए । गैंडाको आनीबानी र खानपिनको अध्ययन गरेर चीन पठाइने उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा चीनलाई गैंडा उपहार दिने निर्णय गरेका थिए । २०७३ असार २६ गते सरकारले चीनलाई गैडा उपहार दिने निर्णय अुनसार चारवटा पठाउन लागिएको हो ।

बाँकी तीनवटा गैंडाको बच्चाको पनि खोजी कार्य तीब्र पारिएको राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए ।  चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा कार्यरत प्राविधिकसहितको टोली, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको बटुक दल गणसहित ८० जनाको टोली एक सातादेखि जंगलमै रहेको छ । नेपालबाट लगिएको गैडा चीनको छिन्दु र गोन्जाओमा रहेको मानवनिर्मित पार्कमा राखिने बताइएको छ । यसअघि २६ वटा गैडा उपहारस्वरुप अन्य मुलुकमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस

प्यारागन पब्लिक स्कु ...

ओम प्रकाश यादव लहान, साउन २८ । विद्यार्थीलाई समयानुकूल, व्यवहारिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने ...

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१