Siraha Times
ताजा समाचार

भारतबाट नेपालको दुई बालिका उद्धार

  • भदौ ३०, २०७७
  • १७०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

भदौ  ३० । भारतबाट नेपालको दुई बालिका उद्धार । बारा जिल्ला जितपुरको बालिकालाई दुई वर्ष पछि र सप्तरी जिल्ला डाकनेश्वरी नगरपालिकाको बालिकालाई एक वर्ष पछि परिवारसंग मिलन गराउन सफल भएको छु । बाराको बालिका घरबाट घुम्न निस्केको बेला एकजना महिलाले ललाई फुसलाई भारतमा ल्याइन र बालिकालाई दिल्ली लैजाने मनसायको साथ सिमाबाट विभीन्न शहरमा ल्याई घरमा बन्द गरेर राख्ने गर्थिन । एकदिन छरछिमेकले थाहा पाएछ र शंका लागेपछि प्रहरीलाई खबर गरे, प्रहरीको सहयोगबाट उक्त आईमाईको चुंगुलबाट छुटेर बेगुसराय स्थित बालिकागृहमा आई पुगिन ।
 
यस्तै, सप्तरीको बालिका गांव कै एकजना केटाको प्रेममोहमा फंसेर र आफ्नै छिमेकमा बस्ने महिलाको सहयोग पाएर उक्त केटाले बालिकालाई लिएर भारत तिर लागे तर केटीको संजोग राम्रो थियो, भारतीय प्रहरीको नजरमा आइन र केटाबाट अलग भएर एक वर्ष देखि बेगुसरायको बालिकागृहमा आशरा पाइन ।
यि दुवै बालिका वारे करिव ६-७ महिना पहिला भारतीय बालबालिका कल्याण समिती मार्फत जानकारी प्राप्त भयो । घरको ठेगाना स्पष्ट थिएन तर पनि विभीन्न माध्यम र टिएमएनसी सदस्य शशी यादव लगायतको सहयोगबाट घरपरिवारको ठेगाना पत्ता लगाइयो । आवश्यक कागजातको लागि पटक-पटक घरपरिवार सित पनि भेटें । साथै. कागजात बनाउनमा शशी यादव, प्रकाश थारू, ई. संजीव यादव, मो. सजाद हुसेन समेतको सहयोग रहयो ।
नेपालमा लॉकडाउन र सिमाबन्द रहेपनि जसोतसो भारत आए । वाराको परिवार उतैबाट र म सप्तरीबाट बालिकाको आमा र वडा अध्यक्षको साथ दरभंगा हुंदै आए । खगडीया, समस्तीपुर र बेगुसराय पुगेर सरकारी कागजातहरू बनाई राती १० बजेसम्ममा सबै प्रकृया पुगाई उद्धार गर्न सफल भए । भारतिय कर्मचारीलाई अबेर रातीसम्म पनि खटेको देखें । मानवतासंग जुडेको जुन कार्य हो...

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१