भारतबाट नेपालको दुई बालिका उद्धार

  • भदौ ३०, २०७७
  • १६३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

भदौ  ३० । भारतबाट नेपालको दुई बालिका उद्धार । बारा जिल्ला जितपुरको बालिकालाई दुई वर्ष पछि र सप्तरी जिल्ला डाकनेश्वरी नगरपालिकाको बालिकालाई एक वर्ष पछि परिवारसंग मिलन गराउन सफल भएको छु । बाराको बालिका घरबाट घुम्न निस्केको बेला एकजना महिलाले ललाई फुसलाई भारतमा ल्याइन र बालिकालाई दिल्ली लैजाने मनसायको साथ सिमाबाट विभीन्न शहरमा ल्याई घरमा बन्द गरेर राख्ने गर्थिन । एकदिन छरछिमेकले थाहा पाएछ र शंका लागेपछि प्रहरीलाई खबर गरे, प्रहरीको सहयोगबाट उक्त आईमाईको चुंगुलबाट छुटेर बेगुसराय स्थित बालिकागृहमा आई पुगिन ।
 
यस्तै, सप्तरीको बालिका गांव कै एकजना केटाको प्रेममोहमा फंसेर र आफ्नै छिमेकमा बस्ने महिलाको सहयोग पाएर उक्त केटाले बालिकालाई लिएर भारत तिर लागे तर केटीको संजोग राम्रो थियो, भारतीय प्रहरीको नजरमा आइन र केटाबाट अलग भएर एक वर्ष देखि बेगुसरायको बालिकागृहमा आशरा पाइन ।
यि दुवै बालिका वारे करिव ६-७ महिना पहिला भारतीय बालबालिका कल्याण समिती मार्फत जानकारी प्राप्त भयो । घरको ठेगाना स्पष्ट थिएन तर पनि विभीन्न माध्यम र टिएमएनसी सदस्य शशी यादव लगायतको सहयोगबाट घरपरिवारको ठेगाना पत्ता लगाइयो । आवश्यक कागजातको लागि पटक-पटक घरपरिवार सित पनि भेटें । साथै. कागजात बनाउनमा शशी यादव, प्रकाश थारू, ई. संजीव यादव, मो. सजाद हुसेन समेतको सहयोग रहयो ।
नेपालमा लॉकडाउन र सिमाबन्द रहेपनि जसोतसो भारत आए । वाराको परिवार उतैबाट र म सप्तरीबाट बालिकाको आमा र वडा अध्यक्षको साथ दरभंगा हुंदै आए । खगडीया, समस्तीपुर र बेगुसराय पुगेर सरकारी कागजातहरू बनाई राती १० बजेसम्ममा सबै प्रकृया पुगाई उद्धार गर्न सफल भए । भारतिय कर्मचारीलाई अबेर रातीसम्म पनि खटेको देखें । मानवतासंग जुडेको जुन कार्य हो...

प्रतिक्रिया दिनुहोस

उठीवासको त्रासमा मुस ...

रहमुल लहान २० पुष । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–२ अन्तर्गत सोठियाइन पटना गाउँमा क ...

लहानमा लागुऔषध कारोब ...

लहान पुष २० । सिरहाको लहान नगरपालिका–१ मा लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई ज ...

लहानमा चिसो प्रभावित ...

ओम प्रकाश यादव लहान पुष २० । जाडो यामसँगै चिसो बढ्दै गएपछि लहान नगरपालिकाले विपन्न, दलित तथा जोखिममा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१