ब्लड मनीको लागि Saroj Ray जी को अपिल !!

  • वैशाख १५, २०७५
  • १७३९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

बैशाख १५ । जुन जिम्मेवारी बोकेर म पाकिस्तान आएको थिए, त्यो लगभग पुरा भएको छ र अब थोरै जिम्मेवारी तपाईको हिस्सा छोड्दैछु । सउदीमा उमेशसंगको झगडामा परी दुर्घटनावश 3 July 2007 मा मृत्यु भएका मोहम्मद लतिफ वसीर अहमद को पांचै जना दाजुभाई मंजुरनामामा प्रथम पक्ष र उमेश यादवको परिवारबाट अख्तियारनामा प्राप्त म सरोज राय दोस्रो पक्ष भई 26 April 2018 को दिन फैसलावाद हाईकोर्टको अधिवक्ता मो. नकाश अहमद अगाडी E-Stamp PB-FSD-60943ED98——- मा सही छाप गरि उमेश यादवालाई माफीनामा दिन पिडीत परिवार कबुलनामा गरेको छ। यस मंजुरनामालाई Oath Commissioner बाट समेत सही छाप र नोटेराईज्ड गरिएको छ। तर यो मंजुरनामा सरोज राय संग ब्लड मनी वापत ३० लाख पाकिस्तानी रूपैया तोकिएको समय सिमा भित्र पाउने शर्तमा गरिएको छ। समयसिमा भित्र तोकिएको रकम पाउन साथ माफीनामा पत्र पिडीत परिवारबाट प्रदान गरिने छ। बिचमा कुनै पनि कारण देखाएर मंजुरनामामा उल्लेख पहिलो पक्षबाट पांचै दाजुभाई र दोस्रो पक्षबाट सरोज रायले पछि हट्न नमिल्ने र हटेमा राष्ट्रिय र अंतराष्ट्रिय कानुन अनुसार कार्यवाही गरिनेछ।

ब्लड मनि ३० लाख पाकिस्तानी रूपैया रहेको छ तर हामी ३० लाख नेपाली रूपैया संकलन गर्न सबैलाई अनुरोध गर्दछौं। माफिनामा दिने बेलामा धेरै कागजात बनाउनु पर्ने हुन्छ । त्यस बेला लाग्ने कानुनी खर्च लगायत अन्य सबै खर्च उठाउन ३० लाख नेरू आवश्यक देखिन्छ। यता, आज इस्लामावादमा रहेको नेपाल दुतावासमा गएर मंजुरनामा गरिएको तिन पन्नाको कपी, पांचै दाजुभाईको नेशनल आई डि कार्डको प्रतिलिपी, म सरोज रायले अख्तियारनामा प्राप्त गरेको प्रतिलिपी, मृतक लतिफ र उमेश यादवको पासपोर्टको प्रतिलिपी, उमेश लगायत उनका परिवारको नागरिता प्रतिलिपी, मृतक लतिफको मृत्यु प्रमाणपत्रको प्रतिलिपी आदि सबै कागजात डिसीएम प्रकाश पन्डितलाई बुझाएको छु। र साथै यि सबै कागजात तुरन्त सउदीमा रहेको नेपाल दुतावास र नेपालको पररास्ट्र मन्त्रालयलाई पठाउन निवेदन दिएको छु। दुतावासले यि सबै कागजात सम्बन्धित निकायलाई पठाएको जानकारी पत्र समेत मलाई उपलब्ध गराएको छ।

दुतावासबाट नै परराष्ट्र मन्त्री ज्युलाई फोन गरि ब्लड मनीमा आर्थिक सहयोग र सकंलनको लागी नया बैंक खाता उपलब्ध गराई दिन अनुरोध समेत गरेको छु। सरकारबाट खाता उपलब्ध नभएको खण्डमा म अर्को वैकल्पिक खाता केहि दिन मै सार्वजनिक गर्नेछु। तबसम्म, तपाई सबैलाई आर्थिक सहयोग जुटाउनमा सक्रिय हुन अपिल गर्दछु। समयसिमा जे तोकिए पनि उमेश यादवको हकमा सक्दो जति चांडो ब्लड मनि संकलन गरि पहिलो पक्षलाई बुझाएमा फायदा हुनेछ। तसर्थ, देश विदेशमा रहेका सबै सहयोगी मनहरूलाई १५ दिन भित्र सहयोग गर्न अपिल गर्दछु। सरकारलाई अब पनि यस विषयमा गंभिर हुन आग्रह गर्दछु।

नोट: सुरक्षाको कारणले मंजुरनामा यंहा सार्वजनिक गरिएको छैन।

No automatic alt text available.

Image may contain: 3 people, people standing and outdoor

प्रतिक्रिया दिनुहोस

अतिविपन्न बेसाहाराको ...

रहमुल,लहान २ पुस। सिरहाको धनगढीमाई नगरपालिका–१२ सिमलटोकी मुसहर बस्तीकी एक अतिविपन्न तथा शारीरि ...

मेयर चौधरीद्वारा लहा ...

रहमुल,लहान २ पुस । सिरहाको लहान नगरपालिका–१ का नथुनी सदाय र ईसरवति मण्डलको निधन भएको खबर पाएपछ ...

‎जनमत पार्टीका मधेश ...

‎काठमाण्डाै मंसिर ०२ । जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले पार्टी परित्याग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१