गैर आवासीय मधेशी संघ स्थापनाको १० वर्ष

  • भदौ २३, २०७७
  • ११४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जोगिन्द्र मंडल - बिश्वभरि रहेका मधेशीहरुलाई संगठित गर्दै मधेश र मधेशीको हकहितमा काम गर्ने छाता संगठनको रूपमा गैर आवासीय मधेशी संघ (NRMA) को स्थापना ८ सेप्टेम्बर २०१० मा भएको हो। यसको संस्थापक अध्यक्ष डॉ. सीके राउत रहेका थिए। संस्थापक उपाध्यक्षका साथ ई. बसन्त कुशवाहा २ कार्यकाल अध्यक्ष रहेका छन्। स्थापनाको १० वर्षमा गैर आवासीय मधेसी संघ ४५ देशमा फैलिएको छ भने यस संगठनमा २ लाख भन्दा बढ़ी सदस्य रहेका छन्। मलेसिया र मध्यपूर्वका देशहरुमा NRMA का सदस्यहरुको बाक्लो उपस्थिति रहेको छ। यी देशहरुमा एरिया र कैम्प सम्म समितिहरु बिस्तार गरेका छन्।

एनआरएमएले अन्तर्राष्ट्रीय मंचहरुमा रंगभेद विरूद्ध आवाज़ उठाउदै आईं रहेको छ। मधेश र मधेशीको हकहितका लागी बिभिन्न कार्यक्रमहरु गर्दै आई रहेको छ। मधेशी बाहुल्य देशहरुमा मधेशका पर्व त्योहार हरु मनाउदै प्रवासमा पनि आफ्नो सभ्यता र सांस्कृतिको संरक्षण गर्दै आई रहेको छ। त्यस्तै एनआरएमएले मधेशमा हुने गरेको प्राकृतिक प्रकोप जस्तै बाढ़, भूकम्पका बेला प्रवासबाट सहयोग, राहत तथा निशुल्क उपचार सेवाहरु प्रदान गरेका छन्। मधेशको विकासका लागी यस संगठनले खोज र अनुसंधान समेत गर्दै आई रहेको छ। त्यस अन्तर्गत आधुनिक कृषि, औद्योगिकरण, पर्यटन, बैंकिंग, फ्री जोन एफ़डीआई, सौर्य ऊर्जा, वातावरण संरक्षण इत्यादिका क्षेत्रमा उपलब्धि हासिल गरेका छन्, जुन आउने दिनमा मधेशमा लागू गर्ने छ।

त्यस्तै एनआरएमएले प्रवासमा रहेको सबै मधेशीहरुलाई एउटा छाता संगठनभित्र एकबद्ध गर्दै हरेक किसिमको सहयोग उपलब्ध गराउदै आई रहेको छ। आर्थिक सहयोगदेखि रोज़गार सम्बन्धी समस्या, बिदेशी क़ानूनी समस्या आदिमा समेत संगठनले सहयोग जारी राखेको छ।यसका साथै बिदेशी भूमिमा दुर्घटनामा परेका, जेल परेका, मृत्यु भएका समस्यामा समेत एनआरएमएले समस्या समाधानका लागी सक्रिय पहल गर्दै आएको छ। खास गरी कोरोना महामारीको समयमा एनआरएमएले हरेक देशमा छुटै उप-समिति मार्फ़त सहयोग र समन्वय जारी राखेको छ। कोरोनाका कारण बिदेशमा थुप्रै कम्पनीहरु बन्द भएका छन्। जसका कारण हज़ारौको संख्यामा मधेशीहरु समस्यामा परेका छन्।यिनीहरुलाई संगठनले राय, सल्लाह र उद्धारमा सक्रिय भूमिका निर्वाह गरेको छ। बिदेशी भूमिमा पनि गैर आवासीय मधेशी संघ एउटा सशक्त, संगठित र प्रभावकारी संगठनको रूपमा देखिएको छ। संगठनले आगामी दिनहरुमा मधेशमा आमूल सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनका साथ अगाड़ी बढ़दै गरेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले विग ...

ओमप्रकाश यादव, लहान जेठ २४ ।  लहान नगरपालिकाले विगत तीन वर्षको कार्यकालमा शिक्षा, स्वास्थ्य, कृ ...

डाक्नेश्वरी नगरपालिक ...

राशिन्द्र यादव, सप्तरी जेठ२४ । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिकामा, शिक्षा शाखाको विशे ...

उपेन्द्र यादवद्वारा ...

जनकपुरधाम, जेठ/२३ । जनता समाजवादी पार्टी, नेपाल कपिलबस्तु कार्यसमितिको एकताको प्रथम जिल्ला अधिव ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१