श्रीदेवीको आँखामा हेर्नैै सक्दैनथे आमिर खान, बताए यस्तो कारण

  • साउन २९, २०७७
  • ८५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बलिउडकी पहिलो महिला सुपरस्टार हुन् श्रीदेवी । उनी असाध्यै मिहिनेती अभिनेत्री थिइन् । जब उनी आफ्नो प्रस्तुती दिन्थिन् तब उनको शान्त अनुहारले गहिरो हाउभाउ प्रकट गर्दथ्यो । नृत्युदेखि अभिनयसम्म उनी हरेक विधामा मिहिनेत गर्दथिन् । श्रीदेवीका प्रशंसक बलिउड बाहिर मात्रै नभई बलिउडका कलाकार पनि थिए । मिस्टर पर्केकशनिस्टको नामले चर्चित आमिर खान पनि तीमध्ये एक हुन् । उनले एक अन्तरवा्तामा श्रीद्वीको आँखामा हेर्नै नसक्ने बताएका थिए र उनले यसको कारणबारे पनि जानकारी दिएका थिए । आज (१३ अगस्ट) मा श्रीदेवीको जन्म जयन्ती हो । यो मौकामा उनीबारे केही रोचक प्रसंगबारे कुराकानी गरौं ।

श्रीदेवीले गाइन् यी फिल्ममा गीतः

बलिउड नायिका श्रीद्वी आफ्नो अभिनय, नृत्य र सुन्दरताका लागि मात्रै चर्चित थिइनन् । उनले सदमा र चांदनीजस्ता फिल्ममा गीत पनि गाएकी छिन् ।

बोनीबोहक यी फिल्म निर्माता पनि प्रशंसकः

फिल्म निर्माता बोनी कपुर श्रीदेवीलाई देख्ने बित्तिकै माया जालमा परिसकेका थिए । तर बोनीबाहेक अर्का एक फिल्म निर्माता छन् जो श्रीदेवीका ठूलो फ्यान थिए । ती फिल्म निर्माता श्रीदेवीको एक झलक पाउनका लागि उनको घर नजिकैको सडकमा बसिरहन्थे ।

फिल्म हेरेर राम गोपाल वर्मा भएका थिए ‘दिवाना’

ती फिल्म निर्माता हुन् राम गोपाल वर्मा । राम गोपाल वर्मा श्रीदेवीको एउटा फिल्म हेरेर दिवाना भएका थिए र उनलाई श्रीदेवी यो दुनियाँको नभई अर्कै दुनियाँबाट आएको जस्तो लाग्थ्यो । यो सबैकुरा राम गोपाल वर्माले एक पोस्टमा लेखेका थिए ।

आमिर खान पनि हुन् ठूला प्रशंसकः

श्रीदेवी असाध्यै राम्री थिइन् । विशेषगरी उनको आँखाका थुप्रै प्रशंसक थिए । बलिउड अभिनेता आमिर खान श्रीदेवीका निकै ठूला प्रशंसक हुन् । एक अन्तरवार्तामा उनले श्रीदेवीको आँखामा कहिले पनि हेर्न नसकेको बताए ।

श्रीदेवीसँग थियो म्यागजिन सुटः

एक मिडिया संवादको क्रममा उनले श्रीदवीसँग जोडिएको एउटा किस्सा सुनाएका थिए । उनका अनुसार उनले श्रीदेवीसँग एक म्यागजिन कभरको फोटोसुट गर्नुथियो । यसका लागि उनी निकै उत्साहित थिए ।

आमिरले लुकाउँथे मनको चाहः

आमिरका अनुसार उनले सुटको क्रममा श्रीदेवीलाई आँखामा हेर्न नसकेको बताए किनभने जब उनले श्रीदेवीको आँखामा हेर्दथे तब कतै हराउँथे । उनलाई डर थियो सक श्रीदेवीले कतै उनको यो कुरा थाहा नपाउन् । आमिरले श्रीदेवीलाई उत्कृष्ट नायिकाको पनि उपमा दिएका थिए ।

निकै सुन्दर थिए आँखाः

श्रीदेवीको आँखा निकै सुन्दर थिए । फिल्म ‘निगाहें’ र ‘नगिना’ पछि उनको आँखा निकै चर्चामा रह्यो । वास्तवमा फिल्मा उनले इच्छाधारी नागिनको भूमिका निभाएकी थिइन् । यसका लागि उनले रङ्गीबिरङ्गी लेन्स लगाएकी थिइन् ।

फिल्मका लागि लिएकी थिइन् रिस्कः

रिपोर्टसका अनुसार लेन्स लगाएका कारण उनको आँखामा समस्या आएको थियो । डाक्टरले उनलाई उनको आँखा खराब हुनसक्ने चेतावनी पनि दिएका थिए तर श्रीदेवीले आफ्नो भूमिकाका लागि आँखालाई नै जोखिममा पारिन् । उनी सेटमा आँखामा हाल्ने औषधी लिएर जाने गर्दथिन् ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिकामा ...

ओम प्रकाश यादव  लहान, १७ असोज । सिरहाको धनगढीमाई नगरपालिका–४ मा दाजुभाइबीच १९ वर्षसम्म अं ...

भव्य र सभ्य तरिकाले ...

अजय मिश्र, कपिलवस्तु , असोज १७ । कपिलवस्तुको कृष्णनगर लगायत विभिन्न स्थानमा बिजया दशमीका आवसरमा ...

लहानमा EV को ठक्करबा ...

ओम प्रकाश यादव, लहान असोज १५ । आज बिहान भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। लहान नगरपा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१