ताजा समाचार

स्पेनमा झै नेपालमा पनि चीनीयाँ मेडिकल सामाग्री नक्कली पर्न सक्छ ः रसायन तथा मेडिकल आपुर्ति संघ

  • चैत १७, २०७६
  • ९६७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत्र १७ । रसायन तथा मेडिकल आपुर्ति संघ नेपालले स्वास्थ्य मन्त्रालयले चीनबाट खरीद गरेको मेडिकल सामाग्रीहरुलाई बजार मूल्यभन्दा बढी गरेको तथ्यलाई प्रष्ट पार्न आईतबार एक विज्ञप्ति जारी गरेको छ । उक्त विज्ञप्तिमा संघले सरकारले मेडिकल सामाग्रीहरु महँगो मूल्यमा खरीद गरिएको मात्र नभई गुणस्तरमा पनि बेवास्ता गरिएको आरोप लगाइएको छ । उक्त सामाग्रीहरु स्रोत के र कुन गुणस्तरको हुने बारे पनि केही प्रष्ट नपारिएकोले संघले नेपालको नियति स्पेनको जस्तो हुनसक्ने खतरा औल्याएको छ । खासगरी स्पेनले गुणस्तरमा समस्या देखेपछि गत हप्ता चिनमा उत्पादित कोभिड–१९ परीक्षण किटमाथि प्रतिबन्ध लगाएको थियो । चीनियाँ परीक्षण किटले ७० प्रतिशत बिरामीमा रहेको संक्रमण पत्ता लगाउन नसकेकोले चीनिया किटमाथि निर्भर हुने आधार रहेन । त्यस्तै चेक रिपब्लिकमा पनि चीनियाँ किटहरुमा ८० प्रतिशत नतिजा गलत देखाउने गरेको पाइएको छ । नेदरल्याण्ड्सले पनि आफ्ना अस्पतालहरुमा बाँडेको मास्कहरु फिर्ता मागेको छ । हावामा रहने ठोस तथा धुलोको कणहरु फिल्टर गर्न नसक्ने रहेको पाइएपछि उक्त मास्कहरुहरुले कोरोना भाइरसको संक्रमण रोक्न नसक्ने निक्र्यौल गर्दै नेदरल्याण्ड्सले सो मास्कको वितरण नगर्न अस्पतालहरुलाई आदेश दिँदै र्फिता माँगेको थियो ।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤