अमेरिका र रुसका कारण सिरियामा नयाँ द्वन्द्व सुरु

  • वैशाख १, २०७५
  • ७८४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

बैशाख १ । सिरियामा युद्ध त गएको आठ वर्षदेखि जारी नै छ, तर पछिल्ला क्रियाकलाप हेर्दा लाग्छ यहाँ फेरि नयाँ द्वन्द्वको संकेत देखिँदैछ । कतिपय विश्लेषकले त यसलाई अमेरिकाले रुसको रिस सिरियामा पोख्नसक्ने सम्मको स्थितिको आँकलन पनि गरेका छन् । यस्तो द्वन्द्वका सुरुवात शनिबारबाटै सुरु भएजस्तो देखिन्छ । शनिबार बिहानैदेखि सिरियामा अमेरिकी नेतृत्वमा आक्रमण सुरु भएको छ । अमेरिका, बेलायत र फ्रान्सले यहाँ हवाई आक्रमण थालेका बिबीसीले जनाएको छ । बिबीसीले जनाएअनुसार शनिबार सिरियाको राजधानी सहर दमासकस र यसको वरपरका क्षेत्रमा आक्रमणका आवाज सुनिएका छन् र ती आक्रमणले सिरियाली सरकारी कार्यालय र राष्ट्रपतीय कार्यालय वरपरका अखडालाई लक्ष्य बनाएको समाचारमा जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि आफ्नो ट्वीटर अकाउन्टमार्फत भन्नुभयो– सिरियामा त्यहाँका राष्ट्रपति र उनका सहयोगीमार्फत ठूलो हिंसा मच्चाइएको छ, रासायनिक हतियारको प्रयोगले नरसंहार भएकोले अब त्यहाँ अमेरिकाले सैन्य कारबाही गर्नसक्छ ।उहाँको अभिव्यक्तिले सिरिया समस्याले टाउँको दुखाइरहेको विश्व समुदायमा नयाँ तरंग थपिदिएको छ । यसअघि पनि सिरियामा सैनिक कारबाहीका लागि पटक पटक पहल गरेको अमेरिकालाई रुसको कदमले संयुक्त राष्ट्रसंघमा रोकेकाले अवस्थामा यस पटकको उहाँको यो आसयले सिरियामा फेरि अमेरिकी सैनिक कारबाही सुरु हुने त होइन भन्ने त्रास विश्वमा फैलिएको थियो, परिस्थिति नभन्दै यही रुपमा मोडिएको छ ।

सिरियामा हमलाका लागि आफूले अनुमोदन गरेको जानकारी अमेरिकी राष्ट्रपतिले जानकारी दिनुभएको छ । उहाँले डुमामा सिरियाले रासायनिक हतियार राखेर आक्रमण गरिरहेकोले सो हतियार रहेको भण्डारणमा हामीले हमला गरेका छौँ । उहाँले आफूलाई बेलायत र फ्रान्सले पनि साथ दिएको र संयुक्त सेनाले सो हमला गरेको बताउनुभएको छ । यसअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले पनि सिरियामा पछिल्लो समयमा हात हतियार प्रदर्शनी, तथा सैन्य कारबाहीको खतरा बढेको बताउनुभएको थियो । उहाँले भन्नुभयो– सिरियाली सरकारको हठ र त्यहाँ बढ्दो हिंसात्मक क्रियाकलापका कारण पछिल्लो समयमा त्यहाँ हतियारको थप प्रदर्शनको खतरा बढेको छ भन्नुभएको थियो । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा महासचिव गुथ्रेसले भन्नुभयो– अहिलेको अवस्था हेर्दा अब फेरी पनि हिंसात्मक कारबाहीको झन ठूलो खतरा देखिन्छ, त्यसैले यसको निराकरणका लागि हामीले नै पहल गर्नुपर्छ ।

संयुक्त राष्ट्रसंघ अहिले पनि सिरियाली समस्याको शान्तिपूर्ण समाधानको पक्षमा रहेको भन्दै सुरक्षा परिषद्ले नै यसका लागि आधार निर्माण गर्नुपर्ने भन्दै त्यसका लागि सबैलाई आग्रह पनि गर्नुभयो ।उहाँले संयुक्त राज्य अमेरिका र रुसका कारण त्यस्तो खतरा बढेको संकेत त गर्नुभयो तर स्पष्ट रुपमा भने भन्नुभएको छैन । हालैमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा रुसका कारणले हिंसा बढेको भन्दै त्यहाँ अमेरिकाले कारबाही सुरु गर्ने बताएपछि यसको चस्को राष्ट्रसंघमा पनि परेको देखिन्छ । उहाँले सिरियामा रुस र इरानले त्यहाँको सरकारलाई समर्थन गरेर सहयोग गरिरहेकोले शान्तिपूर्णरुपमा वार्ताको माध्यमबाट समस्याको समाधान गर्न नसकिएको भन्दै बरु अब सिरियामा सैन्य कारबाहीको लागि अमेरिका तयार रहेको बताउनुभएको थियो । त्यसको जवाफमा रुसले पनि सिरियामा हतियारको कारबाही हुने हो भने त्यो अमेरिकाको भूल हुने बताएको थियो । उसले आफूले सहयोग गरेको नभएर सिरियामा आतंककारी क्रियाकलाप बढेका बताएको थियो । शनिबार आक्रमणपछिको प्रतिक्रियामा रुसले भनेको छ, हामीले यसको प्रतिक्रिया नदिइ बस्न सक्दैनौँ, समयमै जवाफ दिनेछौँ । तर त्यो जवाफ के र कस्तो प्रकारको हो भन्ने बारेमा भने केही बताएको छैन ।

अमेरिका र रुसले पछिल्लो समयमा दिएका यी अभिव्यक्तिका कारण महासचिव गुथ्रेसले सिरियामा सैन्य कारबाहीको खतरा बढेको बताउनुभएको हो । सिरियामा त्यहाँको सरकारले पछिल्लो समयमा रासायनिक हतियारको प्रयोग गरिरहेको भन्दै यसले त्यहाँ ठूलो हिंसा मच्चाएको पनि उहाँले बताउनुभयो । यस्ता हतियारको प्रयोगको बारेमा अनुसन्धान भइरहेको र त्यसमा संलग्नले पक्कै पनि कानुनी कारबाही भोग्ने पनि उहाँले बताउनुभयो । अब सिरियाली युद्ध अर्काे चरणमा प्रवेश गरेको छ । यसअघि कहिल्यै नभएको तीन देशले मिलेर सिरियामाथि हमला सुरु गरेका छन् । उनीहरुको तारो रासायनिक हमला मात्र हुने छैन र यहाँको सरकार नै हुनेछ भन्ने आसय धेरैको छ । यसले अबको सिरिया समस्या कसरी समाधानतर्फ जान्छ भन्ने बारेमा सोधपुछ गर्न थालिएको छ । फ्रान्सेली समाचार समिति, एएफपीले दिएको समाचारमा लेखिएको छ– दमासकस वरिपरि हमलाका ठूला आवाज सुनिएका छन् र यहाँको आकासमा पनि धुवाँको मुस्लो देखिन्छ । यसले दमास्कस वरिपरिका क्षेत्रमा ठूलो र शक्तिशालीरुपमा हमला भएको प्रष्ट्याएको छ । यसबाट अबको सिरियाली युद्धको समाधानको बाटो कतातर्फ मोडिने हो भन्ने बारेमा यसै भन्न सकिने अवस्था छैन ।

आठवर्ष अघि सिरियासँगै केही अरेबियाली देशमा तानाशाहा विरुद्धको आन्दोलन सुरु भयो । सोही आन्दोलनले लिबियाका तानाशाहा गद्दाफिसहित अरु पनि कैयौँलाई हुत्यायो । यसबीचमा सिरियामा धेरै पानीमात्र होइन कि सिरियालीको रगत नै बगेको छ । तर आठ वर्षपछि पनि सिरियामा वसन्तको बहार आउन सकेको छैन । यहाँका नागरिकले प्रजातन्त्रको फल चाख्न पाउनु त कता हो कता शान्तिसँग आफ्नै थातथलोमा बस्नसमेत पाएका छैनन् । यसबीचमा यहाँ घटीमा पनि चार लाख नागरिकले ज्यान नै गुमाएका छन् । अरु लाखौँ लाख घाइते छन् भने दशौँ हजार घरबाट लखेटिएर विदेशमा शरणार्थी भएर बाँच्नुपरेको छ । सिरिया फेरि एकपटक विश्वका शक्ति राष्ट्रहरुको युद्धको खेलमैदान बन्न पुगेको छ । फेरि पनि बम र बारुदको शिकार सर्वसाधारण नागरिक र बालबालिका हुने हुन् कि भन्ने त्रास बढेको छ । एकजना व्यक्तिको सत्ताको लोभले यहाँ दिनदिनै रगतको खोलो बगिरहेको छ । अहिले सुरु भएको नयाँ आक्रमणले अब रगत बगाउने होइन समाधानको बाटो पहिल्याओस । सिरियालीले शान्तिसँग सास फेर्न र आफ्नो जनजिवीकालाई निरन्तरता दिन पाउन् ।

प्रतिक्रिया दिनुहोस

बब्लु गुप्ताको प्रेर ...

बिरेन्द्र् प्रसाद नेपाल लहान, ११ कात्तिक। सिरहा लहानका बब्लु गुप्ता आज देशका चर्चित युवा तथा खेलकुद ...

लहान २१ मा आज अस्ताउ ...

ओम प्रकाश यादव लहान १० कात्तिक  । हिन्दु धर्मावलम्बीहरुलेअत्यन्त निष्ठा र कठोर ब्रत लिएर म ...

भगवानपुरमा पाँचौँ वड ...

रहमुल लहान १० कार्तिक । भगवानपुर गाउँपालिकामा आयोजना गरिएको पाँचौँ वडा स्तरीय क्रिकेट प्रतियोगिता २० ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१