ताजा समाचार

गैर आवासीय मधेशी संघद्वारा साऊदी अरबमा क्षेत्रिय समिति बिस्तार

  • माघ २७, २०७६
  • ११८५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

जोगेन्द्र कुमार मण्डल  साउदी अरब फेबरुअरी  १०। बिश्व भरी छरिएर रहेका मधेशीहरूको छाता संगठन गैर आवासीय मधेशी संघ साऊदी अरब ले रास्तनुरा मा क्षेत्रिय समिति बिस्तार गरेको छ। गत शुक्रबार केन्द्विय अध्यक निर्मल मण्डल र सह अध्यक्ष अधिकारी उपेन्द्व को संयुक्त उपस्थिति मा जनार्धन यादब को अध्यता मा एघार सदस्य क्षेत्रिय समिति चयन गरेको छ। समिति को उपाध्यक्षमा मनोज कुमार साह र सचिवमा अमित कुमार साह लाई चयन गरेको छ। त्यस्तै सदस्य सचिवमा जिबछ कामती,कोषाध्यक्षमा राम बिश्वास यादब,स-कोषाध्यक्षमा बिरेन्द्व यादब रहेका छन भने सदस्यहरुमा संतोष कामती,श्याम बाबु कामती,अरबिन्द यादब,राजेश यादब र दिपक बिलिया रहेका छन। समिति का पदाधिकारी हरूलाई अध्यक्ष मण्डल ले संस्थाको अनुशासन र काम कर्तव्य को बारेमा जानकारी गराए का थिए। साऊदीमा रहेका हरेका मधेशी हरू समक्ष यो संस्था पुग्ने लक्ष्यका साथ संस्थाले अनेकौ कम्पनीहरूमा समिति गठन गर्दै संस्था लाई मधेशीहरुको हकहित मा काम गर्दै आइरहेका छन। सह अध्यक्ष अधिकारी उपेन्द्व का अनुसार साऊदी अरब मा मधेशीहरुको अभिभावकत्व को भूमिका मा संस्था ले काम गर्दै जाने छ। कार्यक्रम नासर अल हाजरी कम्पनी मा रहेको थियो।उक्त कार्यक्रम मा प्रवक्ता आयुब कबारी र के.सदस्य गरभु महरा को समेत उपस्थिति रहेको थियो। कार्यक्रम दर्जनौ मधेशीहरूको उपस्थितिमा सम्पन्न भएको थियो। गैर आवासीय मधेशी संघ अंतराष्ट्रिय समितिका अध्यक्ष बसन्त कुमार कुशवाहा का अनुसार यो संस्था बिश्व भरि तिब्र रूपले अगाडि बढ्दै गईरहेको छ।यस संस्था आबद्ध हुन आग्रह समेत गरेका छन।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤