Siraha Times
ताजा समाचार

सर्च कारबाहीका क्रममा पेस्तोल, गोलीसहित घरेलु हतियार बरामद

  • माघ २७, २०८२
  • ६३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान माघ २७ । जिल्ला कारागार सिरहाभित्र सर्च कारबाही गर्दा कटुवा पेस्तोल, गोली तथा विभिन्न घरेलु हतियार बरामद भएका छन्। २५ गते साँझ करिब ६ बजेको समयमा कारागार कार्यालय सिरहामा कैद भुक्तान गर्दै आएका कैदीबन्दीहरू कार्यालयको कम्पाउण्डमा भेला भई गुटबन्दी गरेको आरोपमा १० जना कैदीबन्दीलाई आँखामा पट्टी बाँधी र हात बाँधेर घरेलु हातहतियार प्रयोग गरी कुटपिट गरिएको तथा कारागार कोठाबाट बाहिर निकाली गेटमा ताल्चा लगाई हो–हल्ला तथा नाराबाजी भइरहेको सूचना प्राप्त भएको थियो।

सूचना प्राप्त हुनासाथ तत्काल नन्दा बक्स गण सिरहाबाट नेपाली सेना र जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी निरीक्षकको कमाण्डमा सुरक्षा टोली खटिई घटनास्थल पुगेर हात र आँखामा बाँधिएका १० जना कैदीबन्दीलाई उद्धार गरी सुरक्षित रूपमा प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

घटनाबारे थप अनुसन्धानका क्रममा कारागारभित्र हातहतियार लुकाई छिपाई राखिएको भन्ने खुल्न आएपछि २६ गते बिहान नेपाली सेनाको सहयोगमा जिल्ला स्थित अन्य सुरक्षा निकाय, मधेश प्रदेश कार्यालयबाट खटिएको Dog Sniffing टोलीसहितको संयुक्त सुरक्षा टोलीले कारागारलाई नियन्त्रणमा लिई कानुन बमोजिम खानतलासी गरेको थियो।

खानतलासीका क्रममा कारागारको पूर्वपट्टि रहेको जिम हलभित्र पुरानो ब्ल्याङ्केटमा लुकाई छिपाई राखिएको कटुवा पेस्तोल थान–१, “७.६२” लेखिएको लाइभ राउण्ड थान–२ तथा विभिन्न घरेलु हातहतियार फेला परेको प्रहरीले जनाएको छ। बरामद हतियार कानुनी प्रक्रिया पूरा गरी जफत गरिएको र सो घटनामा संलग्न रहेको आशंकामा ईन्द्रजित यादवसहित १३ जना कैदीबन्दीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई आवश्यक कारबाही तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टी–१ म ...

रहमुल, लहान, ५ असोज । नेपाली कांग्रेस सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मा नेपाली कां ...

लहान–१९ मा कांग्रेसक ...

रहमुल, लहान, ५ असोज । नेपाली कांग्रेस लहान नगरपालिका–१९ को १५औँ वडा अधिवेशन असोज ३ गते सम्पन्न ...

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१